• HOME
  • NEWS
  • INTERNATIONAL
  • ENTERTAINMENT
  • WORLD
  • HEALTH
  • SPORTS
  • VIDEOS
    • DOHORI
    • COMEDY
    • TAMANG
    • SHORT MOVIE
    • FILM
  • PRABASH
  • ENGLISH
Comedy, Entertainment, International, News » यी हुन नेपाल प्रहरीका बहादुर जवान जसले हतियारसहित भारत छिरेर अपराधी समाते ! सक्दो शेयर गरौ
यी हुन नेपाल प्रहरीका बहादुर जवान जसले हतियारसहित भारत छिरेर अपराधी समाते ! सक्दो शेयर गरौ


Nepal-Police-1

काठमाडौं, ३ जेठ । नेपाल प्रहरीका एक जवानले नेपाल–भारतको सुनौली नाकाबाट भारत प्रवेश गरी लागूऔध कारोवारी एक अभियुक्तलाई गिरफ्तार गरेर ल्याएका छन् । हतियारसहित पोशाकमा भारत प्रवेश गरेका प्रहरीका जवानले आईतवार दिउँसो १ बजेर ३० मिनेटमा सुनौली नाकाबाट भारतमा प्रवेश गरि नशालु पदार्थ बोकेका एक युवकलाई गिरफ्तार गरेर ल्याएको भारतीय पत्रिका हिन्दूस्तान डटकमले जनाएको छ । 

त्यसबेलामा भारतीय एसएसबी र प्रहरी अधिकारीहरुले नेपाल प्रहरीका जवानलाई कुनै रोकटोक गर्न भने सकेनन् । सुनौलीमा खटिएका भारतीय सशस्त्र सीमा बल एसएसबी र सीमामा तैनाथ भारतीय सुरक्षा अधिकारीहरु हेरेको हेर्यै भए । ती युवकलाई नेपाल प्रहरीका जवानले गिरफ्तार गरेर निर्वाध रुपमा सिधै नेपाल ल्याए । यसअघि डोटीमा पाँच जना हतियारसहित र थानकोटमा दुई भारतीय प्रहरीलाई बर्दीमै नेपाल पसेको भन्दै नेपाल प्रहरीले पक्रेर भारतको जिम्मा लगाएको थियो । सुनौलीमा आज भएको घटनाको बारेमा भारतीय डीएम (प्रमुख जिल्ला अधिकारी) वीरेन्द्र कुमार सिंह र एसपी (प्रहरी प्रमुख) भारत सिंह यादवले अनुसन्धानपछि कमजोरी गर्ने भारतीय प्रहरीका अधिकारि माथि कारवाहीको प्रक्रिया अगाडी बढाउने बताएको समाचारमा उल्लेख छ ।

Labels: Comedy, Entertainment, International, News

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved.प्रवासी खबर.com