सिंहदरबार घेर्न आएका बेलायती नागरिक यसरी पक्राउ, आन्दोलनमा सहभागी हुनेको भिषा खारेज हुने
केही दिनअघि नेपालका सम्बन्धमा अनावश्यक टिप्पणी गरेको भन्दै क्यानाडेली रोवर्ट पेनरलाई अध्यागमन विभागले प्रवेशाज्ञा खारेज गर्दै दुई दिनभित्र देश छोड्न निर्देशन दिएको थियो ।
सोही आधारमा ती नागरिकले नेपाल छाडेका थिए । सिंहदरबारको हनुमानथान र माइतीघर मण्डलमा २९ दलीय सङ्घीय गठबन्धनले आयोजना गरेको आन्दोलनमा युरोपेली मुलुकका जस्ता देखिने केही विदेशी समेत सहभागी रहेको भेटिएको थियो ।
आन्दोलनमा सहभागी विदेशीको प्रवेशाज्ञा खारेज हुनसक्ने
सङ्घीय गठबन्धनको सिंहदरबार घेराउ कार्यक्रममा झन्डा, ब्यानर र फेटासहित उपस्थित भएका विदेशीलाई सरकारले कारबाही प्रक्रिया अगाडि बढाएको छ ।
गृह मन्त्रालयका प्रवक्ता यादव कोइरालाले आइतबार र सोमबार आन्दोलनका क्रममा केही विदेशीको समेत संलग्नता भएको सूचनाका आधारमा मन्त्रालयले अनुसन्धान अगाडि बढाएकोे जानकारी दिए । उनले भने, ‘आन्दोलनमा सहभागी हुनु अध्यागमन कानुन विपरीत हो ।’
प्रवक्ता कोइरालाले एक किसिमको प्रवेशाज्ञामा आएर आन्दोलनमा सहभागिता जनाउनु गम्भीर भएको बताए ।
उनीहरुलाई प्रवेशाज्ञा खारेजसम्मको कारबाही हुन सक्ने उनलेब ताए । आन्दोलनमा सहभागी भएकाहरुको तस्बिरका आधारमा खोजी भइरहेको समेत जानकारी दिए ।
आन्दोलनमा केही दातृ निकायको समेत सहयोग रहेको आशङ्कामा छानबिन भइरहेको छ । संविधानका केही बुँदाप्रति असन्तुष्टि जनाउँदै मधेसी, आदिवासी जनजाति सम्बद्ध केही दल आन्दोलनमा छन् । रासस

0 comments
Write Down Your Responses