• HOME
  • NEWS
  • INTERNATIONAL
  • ENTERTAINMENT
  • WORLD
  • HEALTH
  • SPORTS
  • VIDEOS
    • DOHORI
    • COMEDY
    • TAMANG
    • SHORT MOVIE
    • FILM
  • PRABASH
  • ENGLISH
Comedy, Entertainment, News » सिहंदरबार पछि अब बालुवाटार घेर्छौ, प्रधानमन्त्री केपी ओलीलाई कठालो समतेर घोक्रे ठ्याक लगाउछौ : आङकाजी शेर्पा
सिहंदरबार पछि अब बालुवाटार घेर्छौ, प्रधानमन्त्री केपी ओलीलाई कठालो समतेर घोक्रे ठ्याक लगाउछौ : आङकाजी शेर्पा


ang kaji1

काठमाडौं (शेर्पाखबर) । संघीय गठवन्धनको सिहदरबार घेराउसहितको आन्दोलन चलिरहँदा माग पूरा नभए बालुवाटार समेत घेर्ने नेताहरुले चेतावनी दिएका छन् । पहिचानवादी नेता आङकाजी शेर्पा किसानले शान्तिपूर्ण सिहदरबार घेराउबाट निकास नआए ‘बालुबाटार दरबार’ घेर्ने चेतावानी दिए । ‘बालुवाटार घेर्ने र केपी ओलीलाई कठालो समतेर निकाल्छौं ।’ 

संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य समेत रहेका आङकाजीले भने, ‘यो नै वारकि पारको आन्दोलन समेत हो । त्यसैले हामी बालुबाटार दरबार घेर्न समेत पछि पर्दैनौं ।’ राजधानीको माइतीघर मण्डलामा धर्नामा बसेका शेर्पाले शेर्पाखबरसँग कुराकानी गर्दै जनताको अधिकार कुण्ठित गरेर ओली सरकारले नश्लबादी चरित्र देखाएको आरोप लगाए । 

‘ज्ञानेन्द्र भन्दा बढी निरंकुश ओली सरकारलाई सत्ता च्यूत गरेर पहिचानवादी संविधान र सत्ता निर्माण गर्छौ ।’ नेता शेर्पाले भने, ‘उत्पीडित वर्ग, जनताहरु स्वतः स्फूर्त आन्दोलनमा सहभागि हुनुपर्दछ ।’ जातीय पहिचान सहितको संघीयता, समावेशी समानुपातिक प्रतिनिधित्व लगायतका जनताको जायज माग पूरा गर्न सरकार तैयार नभए गम्भिर आन्दोलन स्वरुप परिवर्तन गरेर अघि बढाउने नेता शेर्पाले चेतावानी दिए । 

समाचारदाताहरुसँग प्रतिक्रिया दिँदै उनले एमाओवादी अध्यक्ष प्रचण्ड पैसामा विकि सकेकाले उनीबाट कुनैपनि जातिले खास अपेक्षा नराखेको र छिट्टै पतन हुनेसमेत दावी गरे । मण्डलाको सडकबाटै उनले गोपाल किरातीलाई भने धन्यवाद दिए । नेता शेर्पासहित शेर्पाहरु माइतीघर मण्डलामा धर्नामा वसेका थिए ।

श्रोत : शेर्पा खबर 

Labels: Comedy, Entertainment, News

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved.प्रवासी खबर.com