• HOME
  • NEWS
  • INTERNATIONAL
  • ENTERTAINMENT
  • WORLD
  • HEALTH
  • SPORTS
  • VIDEOS
    • DOHORI
    • COMEDY
    • TAMANG
    • SHORT MOVIE
    • FILM
  • PRABASH
  • ENGLISH
Comedy, Entertainment, International, News » सनसनीपूर्ण खबर : महानायक राजेश हमालको बैवाहिक जीवन संकटबाट गुज्रिरहेको खबर सार्बजनिक
सनसनीपूर्ण खबर : महानायक राजेश हमालको बैवाहिक जीवन संकटबाट गुज्रिरहेको खबर सार्बजनिक



आफ्नो जीवनको झण्डै पाँच दशक पार गरेपछि आफू भन्दा धेरै कम उमेरकी मधु भट्टराईसँग बैवाहिक बन्धनमा बाधिएका महानायक राजेश हमालको बैवाहिक जीवन अहिले संकटबाट गुज्रिरहेको छ । विवाहपछि आफ्नो हरेक कार्यक्रममा पत्नीलाई साथै लिए जाने महानायक हमाल यतिवेला पत्नीलाई काठमाडौमै छाडेर आफू लामो अमेरिका बसाईमा रहेका छन । 

उनीहरुवीच खट्पट चर्को हुन थालेपछि मधुलाई छाडेर हमाल अमेरिका उडेको बताईएको छ । उनी अहिलेसम्म स्वदेश फर्किएका छैनन । उनीहरुवीच टेलिफोन संबादसमेत केही समयदेखि हुन नसकेको बताईएको छ । उनीहरुवीच के विषयलाई लिएर खट्पट सुरु भएको हो भन्ने खवर बाहिर नआईसकेपनि हास्य कलाकार दिपा श्री निरौलाको एक कमेन्टले हमाल दम्पत्तिवीचको सम्बन्ध कठिन मोडमा पुगेको अनुमान लगाउन सकिन्छ । निरौलाले एक कार्यक्रममा पत्रकारहरुको विवाह कहिले गर्ने भन्ने प्रश्नमा ‘तपाईहरुले राजेश हमालको बैवाहिक जीवन हेर्नु भएको छैन । त्यस्तो भएर म विवाह गर्न सक्दिन’ भनेर दिएको प्रतिक्रियाले भित्र भित्रै राजेश हमालको बैवाहिक जीवन कठिन मोडबाट गुज्रिरहेको प्रष्ट हुन्छ ।

श्रोत : नयाँ खबर 

Labels: Comedy, Entertainment, International, News

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved.प्रवासी खबर.com