• HOME
  • NEWS
  • INTERNATIONAL
  • ENTERTAINMENT
  • WORLD
  • HEALTH
  • SPORTS
  • VIDEOS
    • DOHORI
    • COMEDY
    • TAMANG
    • SHORT MOVIE
    • FILM
  • PRABASH
  • ENGLISH
Comedy, Entertainment, News » २० वर्षमा विहे,२२ मा विधवा,त्यसपछि यसरी फसियो सेक्स धन्दामा
२० वर्षमा विहे,२२ मा विधवा,त्यसपछि यसरी फसियो सेक्स धन्दामा


Women-1

सुखी र खुसीको जिन्दगीबाट वेश्यावृतिसम्मको यात्रा तय गर्ने यी युवतीको विहे २० वर्ष नपुग्दै सानै उमेरमा भएको थियो । उनको खुसी धेरै समय टिकेन र २२ वर्षको उमेरमै उनका श्रीमानको मृत्यु भयो । त्यो पीडाले उनको जीवनलाई अध्यारोमा धकेल्यो । श्रीमानको मृत्युको बेला उनको काखमा बच्चा थियो । 

यसरी फसिन वेश्यावृतिको दलदलमा 

श्रीमानको मृत्युपछि उनलाई आर्थिक संकट आइलाग्यो । दुधेबालकलाई पाल्न उनलाई धौ धौ भयो । त्यही बेला आमाको जस्तै माया दिने र सहारा दिने विजयलक्ष्मी नामकी एक महिलासँग उनको फेरि भेट भयो । विजयलक्ष्मीले उनलाई घरेलु नौकरानीको काम दिने प्रलोभन देखाएर आफूसँग लगिन् । छोरा पाल्न धौधौ भइरहेका बेला उनी काम पाएपछि विजय लक्ष्मीसँगै सहजै गइन् । तर, विजय लक्ष्मीले केही दिन घरेलु कामदार बनाएर त्यसपछि दुई लाख रुपैयाँमा कोठीमा बेचिदिइन् । 

अहिले उनी भारतको चर्चित वेश्वालय जीबी रोडको कोठा नम्बर ५७ महिनौदेखि जबरजस्ती देह व्यापारको सिकार बनेकी छिन् । कनार्टकी यी महिलाको दर्दनाक घटना प्रहरीको क्राइम ब्राञ्चमा पुगेपछि प्रहरीले त्यहाँ छापा हानेको छ । कोठीबाट प्रहरीले कोठी सञ्चालनमा सहायक काम गर्ने ५० वर्षीय राधिका र ३० वर्षीय ज्योतिलाई गिरफ्तार गरेको छ । जबकी कोठी मालिक्नी र युवती बेच्ने विजयलक्ष्मी फरार छिन् । राधिकालाई न्यायिक हिरासतमा जेलमा बन्द गरिएको भने ज्योतिलाई जमानतमा छाडिएको छ । फरार दुबै महिलाको खोजी भइरहेको दिल्ली प्रहरीले जनाएको छ ।

Labels: Comedy, Entertainment, News

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved.प्रवासी खबर.com