• HOME
  • NEWS
  • INTERNATIONAL
  • ENTERTAINMENT
  • WORLD
  • HEALTH
  • SPORTS
  • VIDEOS
    • DOHORI
    • COMEDY
    • TAMANG
    • SHORT MOVIE
    • FILM
  • PRABASH
  • ENGLISH
Comedy, Entertainment, News » एमाओवादी सरकारबाट बाहिरियो, यस्तो छ बाहिरिनुको कारण हेर्नुहोस (विज्ञप्ती सहित)
एमाओवादी सरकारबाट बाहिरियो, यस्तो छ बाहिरिनुको कारण हेर्नुहोस (विज्ञप्ती सहित)


काठमाडौं, वैशाख २२ । एमाओवादीले केपी ओली नेतृत्वको वर्तमान सरकारबाट आफ्नो समर्थन फिर्ता लिएको छ । अध्यक्ष प्रचण्डले अब आफ्नो नेतृत्वमा सरकार गठन गर्ने प्रक्रिया शुरु गर्ने बताउँदै वर्तमान सरकारबाट आफ्नो समर्थन फिर्ता लिएको छ । 

बुधबार बिहान विज्ञप्ति जारी गर्दै नेकपा–एमाले नेतृत्वको सरकारको औचित्य समाप्त भएको बताउँदै आफ्नो पार्टी नेतृत्वमा सरकार गठन गर्न सबै राजनीतिक दलहरुलाई सहयोगका गर्न अपिल गरेका छन् । बुधबार बिहान बसेको पदाधिकारी बैठकले केपी ओली नेतृत्वको सरकारबाट समर्थन फिर्ता लिने र आफ्नो नेतृत्वमा सरकार गठन गर्न पहल गर्ने निर्णय गरेको हो । 

अध्यक्ष प्रचण्डद्धारा जारी विज्ञप्तीमा भनिएको छ, ‘राष्ट्रिय स्वाधिनता एवम् स्वाभिमानको रक्षा, शान्ति प्रक्रियाको बाँकी कार्यभार, राजनीतिक समस्यालाई वार्ताद्वारा समाधानसहित संविधान क्रियान्वयन र पुनर्निर्माणको कार्यलाई केन्द्रबिन्दुमा राखेर हाम्रो पार्टीले राष्ट्रिय सहमतिमा जोड दिँदै नेकपा (एमाले) को नेतृत्वको वर्तमान सरकार गठन गर्न पहल गरी सहभागी भएको हो । 

हाम्रो पार्टीले उपयुक्त विषयहरुमा लगातार सरकार एवम् एमाले नेतृत्वसँग गम्भीर ध्यानाकर्षण गराएका हौं । तर वर्तमान नेतृत्व अन्तर्गत सरकारले त्यस दिशामा परिणाममुखी कार्य अगाडि बढाउन सकेको देखिएन ।’ त्यस्तै सो विज्ञप्तिमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले समेत एमाओवादीको नेतृत्वमा सरकार गठन गर्न प्रस्ताव गरेको जानकारी समेत दिइएको छ ।


Labels: Comedy, Entertainment, News

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved.प्रवासी खबर.com