• HOME
  • NEWS
  • INTERNATIONAL
  • ENTERTAINMENT
  • WORLD
  • HEALTH
  • SPORTS
  • VIDEOS
    • DOHORI
    • COMEDY
    • TAMANG
    • SHORT MOVIE
    • FILM
  • PRABASH
  • ENGLISH
Entertainment, International, News » अमेरिकी इडिभीको नतिजा सार्वजनिक, नेपालबाट को-को परे ? (हेर्नुस् रिजल्ट सहित)
अमेरिकी इडिभीको नतिजा सार्वजनिक, नेपालबाट को-को परे ? (हेर्नुस् रिजल्ट सहित)


काठमाडौं, २१ वैशाख । अमेरिकी इलेक्ट्रोनिक ड्राइभर्सिटी भिसा (इडिभी)को नतिजा मंगलबार राति सार्वजनिक भएको छ । अमेरिकन ड्रिम अर्थात भाग्यमानीहरुले सहजै अमेरिकामा स्थाई बसोबास गर्न पाउने इडिभीको नतिजा मंगलबार राति १० बजे सार्वजनिक भएको हो । 

अमेरिकी विदेश मन्त्रालयको ब्यूरो अफ कन्सुलर अफेयर्सका अनुसार मंगलबार रातिदेखि २०१७ का लागि इडिभी भरेकाहरु मध्ये भाग्यमानीहरुको नाममा अर्थात तपाईको नाम परेको छ वा छैन इडिभी सार्वजनिक गरिएको नतिजा हेर्न सक्नु हुनेछ । यसअघि ड्राइभर्सिटी २०१७ का लागि गत वर्षको १ अक्टोवरदेखि ३ नोभेम्बर २०१५ सम्म आवेदन खुला गरिएको थियो । यस वर्षको नतिजामा धेरै नेपालीलाई डिभी परेको प्रारम्भिक रिपोर्टमा उल्लेख छ । 

यसरी हेर्नुस् नतिजाः 

काठमाडौंस्थित अमेरिकी दूतावासले डिभीका सम्बन्धमा फोन या ईमेलबाट गरिने सबै किसिमका सोधपूछहरु ग्राहक सेवा केन्द्रमा गर्नुपर्ने स्पष्ट पारेको छ । नेपालमा सोमबार देखि शुक्रबारसम्म (बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म) केन्द्रको फोन नं:१-८००-०९१-०११४ मार्फत सम्पर्क गर्न सकिनेछ । अमेरिकामा रहनेहरुले (७०३)९८८-३४२८ मा सम्पर्क गरी सोधपूछ गर्न सक्ने दूतावासले जनाएको छ । निवेदकहरुले support-nepal(at)ustraveldocs.com मा ईमेल गरेर पनि जानकारी लिन सक्ने छन् । 

दूतावासले डिभी विजेतालाई सफल भएको जानकारी गराएको भन्दै कुनै ईमेल नपठाउने भएकाले त्यस्ता इमेलको विश्वासमा नपर्न सचेत गराएको छ । साथै भिसा अन्तर्वाताको लागि अग्रीम शुल्क बुझाउन भन्दै कुनैपनि व्यहोराको ईमेल, चिठ्ठी या अन्य अनुरोध नपठाउने पनि प्रष्ट पारेको छ । 

को–कोलाई पर्यो डिभी ? (हेर्नुस् तलको लिंकमा) 
डिभी परेकाहरुको नामावली हेर्न यहाँ क्लिक गर्नु होला 

Labels: Entertainment, International, News

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved.प्रवासी खबर.com