• HOME
  • NEWS
  • INTERNATIONAL
  • ENTERTAINMENT
  • WORLD
  • HEALTH
  • SPORTS
  • VIDEOS
    • DOHORI
    • COMEDY
    • TAMANG
    • SHORT MOVIE
    • FILM
  • PRABASH
  • ENGLISH
Comedy, Entertainment, News » चर्चित नायिका निशा अधिकारीले यसरी जन्माउदै छन् बिना बाउको छोरा या छोरी ?
चर्चित नायिका निशा अधिकारीले यसरी जन्माउदै छन् बिना बाउको छोरा या छोरी ?


नायिका निशा अधिकारी कुमारी अामा बन्ने भएकी छिन् । बिहे गर्ने उमेर भए पनि अहिले सम्म बिवाह नै नगरी बसेकी नायिका निशा अामा बन्ने रहर लागेपछि अहिले त्यसैकाे लागि तयारीमा जुटेकि छिन् । तर उनले कसैकाे, गर्भ नै भने बाेक्न लागेकी हाेइनन् । अामा बन्ने रहरमा उनले निशाले अनाथ बालकलाई धर्मपुत्र बनाउने भएकी छिन् । 

नेपालको कानुनमा ३१ वर्ष नपुगेका नागरिकलाई धर्मपुत्र पुत्री राख्न नपाउने व्यवस्था भएको हुदाँ निशा केही समयका लागि भने तत्काल अामा बन्न नपाउने भएकी छिन् । जीवनमा विवाह गर्नैपर्छ र नगर्दा हुन्न भन्ने मानसिकता सार्वजनिक स्थानहरुमा भन्दै हिड्ने नायिका निशा अधिकारी सन्तान सुःखको निम्ति भने अनाथ बालबालिकालाई एडप्ट गर्ने मनस्थितिमा छिन् । यसका निम्ति निशाले अनाथ बालबालिकालाई हेरिसकेको पनि बताएकी छिन् । 

अमेरिका पुगेर निर्देशनको कोर्स सिकेर आएकी निशाले केही समय अघिमात्र सगरमाथाको सफल आरोहण पनि गरिसकेकी छिन् । यिनै साहसी अनि महत्वाकांक्षी नायिका अब विवाहनै नगरी सन्तान सुख उपभोग गर्ने तयारीमा छिन्। निशालाई पुरुषहरुसंग किन वैराग र तीक्ष्णता जाग्यो यो उनको नितान्त व्यक्तिगत पक्ष हो । तथापि उनको यो कदमले केही अनाथ बालबालिकाहरुको उद्धार नै हुने देखिन्छ। त्यसो त हलिउड र बलिउडमा पनि थुप्रै नायिकाहरुले विहे नै नगरी बच्चा एडप्ट गरी सन्तान सुख उपयोग गरिरहेका छन् ।

श्रोत : प्रबासी खबर ब्लग 

Labels: Comedy, Entertainment, News

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved.प्रवासी खबर.com