• HOME
  • NEWS
  • INTERNATIONAL
  • ENTERTAINMENT
  • WORLD
  • HEALTH
  • SPORTS
  • VIDEOS
    • DOHORI
    • COMEDY
    • TAMANG
    • SHORT MOVIE
    • FILM
  • PRABASH
  • ENGLISH
Health, News, Prabash » विदेश जाने बहानामा बाल बच्चा अलपत्र पार्ने क्रम बढे पछी दूधे बच्चाका आमालाई विदेश जान प्रतिवन्ध
विदेश जाने बहानामा बाल बच्चा अलपत्र पार्ने क्रम बढे पछी दूधे बच्चाका आमालाई विदेश जान प्रतिवन्ध


No Entry for mother

३१ वैशाख, काठमाडौं । तपाईं दुई वर्षभन्दा कम उमेरको बच्चाको आमा हुनुहुन्छ ? त्यसो हो भने अहिल्यै कामका लागि विदेश जान नहतारिनुस् । सकारले २ वर्षसम्मका बच्चाका आमालाई विदेशमा घरेलु कामदारका रुपमा जान प्रतिवन्ध लगाएको छ । 

सरकारले घरेलु कामदार विदेश पठाउन संशोधन भएको निर्देशिकामा २ वर्षभन्दा कम उमेरका बच्चाका आमा विदेश जान नपाउने उल्लेख छ । लागू भइसकेको निर्देशिकाअनुसार अब दूधे बच्चा छाडेर घरेलु कामदारका रुपमा महिला विदेशिनका लागि सरकारले श्रम स्वीकृति दिने छैन । 

नेपालबाट बाहिरिने अधिकांश महिला घरलु कामदारका रुपमा खाडी मुलुक पुग्ने गरेका छन् । गाउँघरबाट बाहरिरिने महिलाहरु अधिकांश विवाहिता नै हुने गरेका छन् । 

काखको बच्चा छाडेर वैदेशिक रोजगारीमा जाँदा धेरै सामाजिक समस्याहरु देखिन थालेको भन्दै सरकारले यस्तो व्यवस्था गरेको हो । दूधे शिशुलाई छोडेर जाँदा घरपरिवारमा असमझदारी बढेर धेरै बालबालिका अलपत्र पर्ने र उचित स्याहार तथा संरक्षण नपाउने समस्या छ । 

सुत्केरी भएको दुई वर्षसम्म महिलाको शारिरीक अवस्था पनि कमजोर हुने भएकाले दूधे बच्चा छाडेर जान नदिने नीति सरकारले लिएको हो । 

‘अब आमाको स्याहार चाहिने बेलामा बच्चा छाडेर महिला विदेश जान सक्दैनन्,’ श्रम तथा रोजगार मन्त्री दीपक बोहोराले भने, ‘महिलाको सुरक्षा र स्वास्थ्यका हिसावले पनि यो हुनैपर्छ ।’ 

रोजगार मन्त्रालयका अधिकारीहरुका अनुसार बच्चा नहुर्किँदै महिलाहरु वैदेशिक रोजगारीमा जाने क्रम रोक्न निर्देशिकामा यो व्यवस्था गरिएको बताउँछन् । मन्त्रालयका वैदेशिक रोजगार विज्ञ मधुबिलास पण्डित यो व्यवस्थापछि बच्चाको स्याहारको ख्याल नै नगरी महिला विदेशिने क्रम घट्ने बताउँछन् । 

‘बच्चालाई आमाको दूध चाहिने बेलामा नै महिलाहरु नविदेशिउन् भन्ने उद्देश्यका साथ गरिएको यो व्यवस्था जायज छ,’ उनी भन्छन् । पोषणका लागि आमाको दूधको महत्व ज्यादा हुने भएकाले वैदेशिक रोजगारीकै कारण भविष्यमा देखिन सक्ने दीर्घकालीन समस्या आउन नदिन यो प्रभावकारी हुने विश्वास गरिएको छ । 

विदेशमा फोन सुविधा अनिवार्य 

यसैगरी घरलु कामदारका रुपमा बाहिरिने महिलालाई फोन सुविधा दिनुपर्ने व्यवस्था पनि निर्देशिकामा गरिएको छ । अब घरेलु कामदारका रुपमा नेपाली महिला लैजाँदा रोजगारदाताले महिलालाई परिवारसँग सम्पर्क गर्न फोन सुविधा दिनुपर्ने अनिवार्य गरिएको छ । 

‘वर्षौंसम्म घर परिवारसँग सम्पर्क नहुने समस्या समाधान गर्न कामदारको सुरक्षाका लागि यो व्यवस्था महत्वपूर्ण छ,’ रोजगार मन्त्री बोहोराले भने, ‘नेपाली महिलाको हित र सुरक्षा हुने गरी यसलाई अनिवार्य गरिएको हो ।’

Labels: Health, News, Prabash

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved.प्रवासी खबर.com