• HOME
  • NEWS
  • INTERNATIONAL
  • ENTERTAINMENT
  • WORLD
  • HEALTH
  • SPORTS
  • VIDEOS
    • DOHORI
    • COMEDY
    • TAMANG
    • SHORT MOVIE
    • FILM
  • PRABASH
  • ENGLISH
Comedy, Health, News » १५ बर्षीय बहिनीलाई विक्री गर्ने पापीनी खोइटी गइन् ४५ वर्षका लागि जेल
१५ बर्षीय बहिनीलाई विक्री गर्ने पापीनी खोइटी गइन् ४५ वर्षका लागि जेल


आफ्नी १५ वर्षीय बहिनीलाई भारतमा लगेर विक्री गर्ने कपिलवस्तुकी खोइटी लामालाई त्यहाँको जिल्ला अदाललतले ४५ वर्ष कैद र ४ लाख रुपैंया जरिवानाको फैसला सुनाएको छ । यो फैसला अहिलेसम्मकै धेरै समय जेल सजाँय तोकिएको पहिलो हुनसक्ने कानून व्यवसायीहरुको टिप्पणी छ । 

खोइटीलाई चेलीबेटी बेचविखन अन्तरगत मुद्दा चलाइएको थियो । खोइटी चितवनको भरतपुर नगरपालिका ११ जरोन निवासी हुन । अदालतले पीडितलाई २ लाख रुपैयाँ क्षतिपुर्ति भराउन पनि फैसलामा भनेको । मानव बेचबिखन तथा नियन्त्रण ऐन २०६४ अनुसार खोईटीलाई हदैसम्मको सजायको फैसला गरेको वताइएको छ । 

नुवाकोटको खडकभन्ज्याङकी १५ वर्षीया आफ्नै वहिनीलाई रुम्वाका श्रीमान श्रीलालसहित ४ जना मिलेर भारतको ईलाहाबादीस्थित कोठीमा भारतीय रुपैयाँ ३० हजार श्रवैंया मोल गरी २०६९ सालमा बेचेको प्रमाणका आधारमा अदालतले यस्तो फैसला सुनाएको हो । 

अदालतले बालिका बेचविखनमा २० वर्ष कैद र २ लाख रुपैयाँ जरिवाना, बेश्याबृत्तिमा लगाएकोमा थप १५ वर्ष थप कैद र १ लाख रुपैयाँ जरिवाना तथा ओसरपोसारमा संलग्न रहेकोमा १० वर्ष कैद र १ लाख जरिवना गरी ४५ वर्ष कैद र ४ लाख रुपैयाँ जरिवाना तोकिएको अदालतका शाखा अधिकृत हेमन्त ज्ञवालीले जानकारी दिनुभयो ।  
न्यायधिश बालमुकुन्द दवाडीको एकल ईजलासले बेचबिखनमा बढी सजाय तोकिएको यो नै जिल्लाको पहिलो मुद्दा रहेको उहाँले बताउनुभयो । घटनामा संलग्न रहेका फरार अभियुक्तहरू नुवाकोटका श्रीलाल थिङ, खरखण्ड लामा र साईला थिङको मुद्दा मुल्तबी राखिएको छ । 

उनीहरूले २०६९ साल साउनमा घुमाउने र राम्रो लुगा किनिदिने भन्दै ललाईफकाई उर्मिलालाई चितवन, बुटबलको बाटो हुँदै सीमावर्ती क्षेत्र कृष्णनगरबाट ईलाहाबाद पुर्‍याएका थिए । दिदी बिरामी भएको र घुमाउने बहानमा उर्मिलालाई श्रीलालले आफूसँगै लगेका थिए । सुरुमा कलकत्ता पुर्‍याईकी उनको त्यहाँ मोलमोलाई हुन नसकेपछि ईलाहाबाद लगिएको थियो । ईलाहाबादमा रहेका एक कोठीमा उनलाई ३० हजार भारुमा बिक्री गरी चारै जनाले दामासहीले रकम बाँडेको थिए । 

३ वर्षसम्म उर्मिलाले कोठीमा नारकीय जीवन बिताएकी थिईन । २०७२ बैशाख १२ गते भूकम्प आएका बेला कोठीबाट उर्मिला भाग्न सफल भएकी थिईन् । भारतीय प्रहरीको सहयोगमा नेपाल मित्र समाज र सी डब्लु सी नामक संस्थाको प्रयासमा नेपालको शान्ति पुर्नस्थापना केन्द्रले उनलाई त्यहाबाट उद्धार गरी नेपाल ल्याइ जिल्ला अदालत कपिलवस्तुमा मुद्दा दायर गरेको थियो । उर्मिला कै बयानका आधारमा भरतपुरबाट प्रहरीले खोईटीलाई पक्राउ गरेको थियो । 

२०७२ जेठमा उर्मिलाका मामा सुर्य तामाङले अभियुक्तहरु विरुद्ध मुदा दर्ता गराएका थिए । आफूलाई बेचेको डेढ महिनापछि नै खोईटीले आफ्नै नाबालिका छोरीलाई पनि बिक्री गरेको वुझिएको छ ।

Labels: Comedy, Health, News

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved.प्रवासी खबर.com