• HOME
  • NEWS
  • INTERNATIONAL
  • ENTERTAINMENT
  • WORLD
  • HEALTH
  • SPORTS
  • VIDEOS
    • DOHORI
    • COMEDY
    • TAMANG
    • SHORT MOVIE
    • FILM
  • PRABASH
  • ENGLISH
Health, News » तुलु सार्कीका छोरा भन्छन्, ‘जे नहुनु थियो, भइसक्यो । अब बुबाको हत्यारालाई जन्मकैद सजाय हुनुपर्छ’
तुलु सार्कीका छोरा भन्छन्, ‘जे नहुनु थियो, भइसक्यो । अब बुबाको हत्यारालाई जन्मकैद सजाय हुनुपर्छ’



नेमा लवाङ थिङ । यिनी गत बैशाख ४ गते बोक्सोको आरोपमा विभत्स हत्या गरिएका तुलु सार्की थिङका छोरा । जो बुधबार (बैशाख २९) आफ्नो बुबाको पोष्टमार्टमको लागि त्रिवी शिक्षण अस्पतालमा ल्याएको शब बुझ्न राजधानी आएका थिए । उनको अनुहारमा पीडा धेरै देखिन्थ्यो । आडमा राष्ट्रिय मानबअधिकार आयोगको टोलीले पनि केही सोधिरहेको थियो । उनको बुबाको हत्याको सन्दर्भमा । मनभरी पीडा र अली अली त्रासमा रहेकाजस्तो देखिने नेमा साच्चै अवोधजस्तो देखिन्थे । 

बाबुलाई बोक्सोको आरोपमा छिमेकीले जिउँदै खाल्डोमा पुरेर विभत्स हत्या गरिएपछि यो परिवारको विचल्ली भएको छ । पीडा पनि किन नहोस् । एउटा अन्धविश्वासमा बाबुलाई कालोमोसो दली, जुत्ताको माला लगाई तड्पाई तड्पाई जिँउदै खाल्डोमा पुरेपछि यो घुर्मु गाउँ कति निर्दयी रहेछ भन्ने बयान गरि साध्य छैन् । त्यत्ति मात्र होइन तुलुलाई जिउँदै खाल्डोमा पुर्नु अगाडी उनको शरिरमा आगो लगाईयो अनि हत्या गरियो । पीडा दिनुको पनि एउटा सिमा हुन्छ । 

बोक्सोमा आरोपमा बाबुलाई मारियो तर हत्याराको आरोप उल्टै छोरो नेमालाई लगाउने दुस्प्रयास भयो । जुन दुष्प्रयास स्वरुप नेमालाई जबरजस्त आफ्नो बुबाको मुखमा आगो लगाउन लगाइन्छ । अहिले नेमा भन्छन्, ‘जे नहुनु थियो, भइसक्यो । अब बुबाको हत्यारालाई जन्मकैद सजाय हुनुपर्छ ।’ ‘तीन बहिनी , आमा र आफू गाँउमा जान सक्ने अवस्था छैन , प्रहरीले नि सधै त संरक्षणमा राख्न नसक्ला अब कसरी जीवन चलाउनु । उनले अझै भक्कानिदै थपे ,‘घुर्मुमै विबाह गरेकी दिदीलाईसमेत केहीदिन धम्क्याउने काम भएछ ।’ 

नेमालाई काठमाडौ लिएर आएका थिए सई चोपबहादुर केसीले । इन्पेक्टर प्रमेश विष्ट, चोपबहादुर र प्रहरी जवान मुकुन्द नेपाल लगायतले यस घटना बाहिर ल्याउनमा ठुलो भुमिका खेलेका छन् । इन्पेक्टर प्रमेश भन्छन्, “कति दिन त्यही गाँउ आसापास बसेर जंगलमा नै रात गुजारियो ”। ‘डिएसपी अवदेश विष्टको निर्देशन थियो –दोषी नउम्किउन्, निर्दोष नपरुन्’ प्रमेशले भने, ‘ त्यसैले निर्दोषले पनि दुःख पाउछन् की भनेर हामीले अनुसन्धान कार्यलाई अझ सुक्ष्म रुपमा अघि बढाइरहेका छौं ।’ 

दाहसस्कार गर्ने खर्चसमेत थिएन 

पोष्टमार्टमको लागि ल्याएको शब त्रिवी शिक्षण अस्पतालमा थियो । पोष्टमार्टम खर्च ८ हजार , शब बहानलाई भाडा अनी दाहसस्कारको लागि गर्नुपर्ने अरु प्रवन्ध । सई चोपबहादुर के गर्ने कसो गर्ने भन्नेमा रनभुल्ल थिए । यत्तिकैमा उनको मोबाइलमा घण्टी बज्यो । फोन थियो उनकै हाकीम जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख अवदेश विष्टको । शबको दाहसस्कारको सबै प्रवन्ध मिल्यो । विष्टले महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीका प्रमुख एआजी प्रतापसिंह थापालाई थिङको परिवारको विषयमा कुरा सुनाउनासाथ थापाले भनिहाले आफु मातहतका निकायलाई – थिङको दाहसस्कारको प्रवन्ध मिलाउनु उसको परिवारको दाहसस्कार गर्ने हैसियत छैन । सो कुरा उनले समाचारबाट थाहा पाइसकेका थिए । 

अबको आवश्यकता पुर्नस्थापना 

थिङ परिवार अहिले गाँउ फर्कन सक्ने अवस्थामा छैन । उनीहरु गाँउमा पलपलमा असुरक्षित छन् । तिन बहिनी र नेमाको समेत पढाई रोकिएको छ । नेमा झट्ट हेर्दा निकै कमजोर देखिन्छन् । सायद यस्तै अवस्था उनको आमा र बहिनीहरुको पनि हुनसक्छ । प्रहरीले ३ जनालाई संरक्षण दिएर राखेको पनि झण्डै एक महिना भइसक्यो । दुई बहिनी अर्की विबाहित दिदीसँग छन् । दिदी आफ्नै पीडामा छिन् । सधै प्रहरीले पनि सधै संरक्षण दिने अवस्था रहदैन । यो अवस्थामा यि परिवारको पुन स्थापना पनि मुख्य समस्या बनेको छ । 

नेमा भर्खर १७ वर्षका भए जो ९ कक्षामा पढ्थे । तर, असुरक्षाका कारण उनी प्रहरी संरक्षणमा छन् यत्तिखेर । अहिले उनको पढाई प्रभावित भएको छ । उनका बहिनीहरु सुप्रिया कक्षा ७ बढेर छाडिसकेकी छन्, सपना ६ कक्षामा, र शान्तिमाया ४ कक्षामा पढिरहेका छन् । नेमाको अहिले राज्यसँग एउटै अपेक्षा छ आफ्ना बाबुको हत्यालाई जन्मकैदसम्मको सजाय होस् र आफु लगायत बहिनीहरुको वाच्न पाउने अधिकार सुनिश्चित होस् । 

ढकाललाई चिन्ता छैन, बहादुर बोले 

बहादुरसिंह लामा, जो नुवाकोट क्षेत्र नम्बर ३ बाट प्रत्यक्ष निर्वाचित सांसद । भनिन्छ, सांसदको दायित्व आफ्नो निर्वाचन क्षेत्रको चिन्ता गर्नु हो । विकास नेर्माण, मात्र होइन सामाजिक उत्तरदायित्व पनि भूमिका हुन्छ । कथित बोक्सोको आरोपमा हत्या गरिएका तुलु सार्की थिङको हत्याको विषय सांसद लामाले संसदमा उठाएका छन् । 

हो , रसुवा एक मात्र निर्वाचन क्षेत्र भएको जिल्ला । र, यो क्षेत्रको प्रत्यक्ष निर्वाचिन सांसद हुन्, जनार्दन ढकाल । ढकालको क्षेत्रमा यो एउटा लाजमर्दो घट्ना भयो । एउटा गरिबलाई बोक्सोको आरोपमा तड्पाई तड्पाई खाल्डोमा पुरेर मारियो । आगो लगाएर मारियो । तर, यस्तो घिनलाग्दो घटना आफनै क्षेत्रमा हुँदा पनि यी सांसद ढकाल विवेकहिन जस्तै बनिरहेका छन् । आफनै क्षेत्रमा यस्तो पासविक तालेवानी शैलीको घटना हुँदा समेत एक शव्द बोलेका छैनन् ढकाल । छिमेकी जिल्लाका सांसदले सदनमा कुरा उठाउँदा समेत उनको बोली फुटेको छैन् । हो, रसुवाको यार्सा गाविस घुर्मुका यीनै तुलु सार्की थिङहरुकै भोटले यीनी निर्वाचित भएका हुन् भनिन्छ, राजनिती फोहोरी खेल हो । होइन भने २५ दिन अगाडि भएको मानवताविरुद्धको बर्बर अपराधका वारेमा समेत किन वोल्दैनन जर्नादन ? 

यता, मानवअधिकारको रक्षाको लागी गठन भएको संवैधानिक निकाय राष्ट्रिय मानवअधिकार आयोग पनि छ । तर यो संवैधानिक निकाय पनि रसुवाको यो घट्नालाई गम्भीरताका साथ नलिएको पीडितरुको गुनासो छ ।

Labels: Health, News

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved.प्रवासी खबर.com