• HOME
  • NEWS
  • INTERNATIONAL
  • ENTERTAINMENT
  • WORLD
  • HEALTH
  • SPORTS
  • VIDEOS
    • DOHORI
    • COMEDY
    • TAMANG
    • SHORT MOVIE
    • FILM
  • PRABASH
  • ENGLISH
Comedy, Entertainment, Health, News » ७० रुपैयाँ दिएर फकाई फुलाई गरि सात बर्षीया बालिका बलात्कृत गर्ने अभियुक्त पक्राउ
७० रुपैयाँ दिएर फकाई फुलाई गरि सात बर्षीया बालिका बलात्कृत गर्ने अभियुक्त पक्राउ


rape-of-balika-child

१२ जेठ, रौतहट । रौतहटको चन्द्रनिगाहपुरमा एक सात बर्षीया वालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीले ५४ वर्षीय कपिलदेव साहलाई प्रहरीले नियन्त्रणमा लिएको हो । 

घरमा अभिभावक नभएको मौका छोप्दै बलात्कार गरेको भन्दै ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा उजुरी परेको थियो । पीडितका अनुसार सोमबार परिवारका सदस्य बाग्मती नदीमा गिटी कुटन गएका बेला साहले बालिका लाई बिस्कुट र चकलेट खान ७० रुपैयाँ दिएर फकाउँदै आफ्नै घरमा लगेका थिए । घरमा पुगेपछि साहले बलात्कार गरेको पीडित वालिकाले प्रहरीलाई बताएकी छन् । 

प्रारम्भीक स्वास्थ्य परिक्षणबाट पनि बालिकाको बलात्कार भएको पुष्टि भएको छ । उनलार्इ थप उपचारका लागि वीरगञ्ज लगिएको छ । पीडितका अभिभावको आर्थिक अवस्था कमजोर भएकाले उपचारका लागि महिला सुरक्षा दबाव समूह रौतहटले ३ हजार सहयोग गरेको छ । घटनाका आरोपी साहलाई प्रहरीले जिल्ल्ाा अदालतबाट म्याद थप गरी अनुसन्धान गरीरहेको चन्द्रनिगाहपुरका डिएसपी मनोज कुमार यादवले जानकारी दिए ।

Labels: Comedy, Entertainment, Health, News

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved.प्रवासी खबर.com