• HOME
  • NEWS
  • INTERNATIONAL
  • ENTERTAINMENT
  • WORLD
  • HEALTH
  • SPORTS
  • VIDEOS
    • DOHORI
    • COMEDY
    • TAMANG
    • SHORT MOVIE
    • FILM
  • PRABASH
  • ENGLISH
Comedy, Entertainment, News » पोखराको नारायणस्थान मन्दिर गुठीको जग्गा बाठो पुजारीले आफ्नो नाममा गरे पछि भयो यसरी बबाल !
पोखराको नारायणस्थान मन्दिर गुठीको जग्गा बाठो पुजारीले आफ्नो नाममा गरे पछि भयो यसरी बबाल !


Guthi-jagga-bibad

१२ जेठ, पोखरा । पोखराको नारायणस्थान मन्दिरको अर्बौं रुपैयाँ पर्ने नारायण गुठीको नाममा रहेको जग्गा व्यक्तिको नाममा सारिएकोमा व्यापक बिरोध भएको छ । मन्दिरका पूजारी पुष्पराज लामिछानेले गुठीको नाममा रहेको मन्दिरको जग्गा आफ्नो नाममा नामसारी गरेका हुन् । उनले अख्तियार, मालपोत र गुठीको संरक्षणमा गुठीको जग्गा आफ्नो नाममा नामसारी गरेको नारायणस्थान मन्दिर धार्मिक क्षेत्र विकास समितिले आरोप लगाएको छ । 

जग्गाको विषयमा २०६१ सालदेखी विवाद हुँदै आएको थियो । २०५९ साल मिनाकुमारी गुरुङको नाममा जग्गा पास गराएका लामिछानेले हाल आएर आफ्नै नाममा जग्गा नामसारी गराएको नारायणस्थान धार्मिक क्षेत्र विकास समितिले जनाएको छ । समितिका अनुसार गत जेठ ३ गते पराजुलीले जग्गा आफ्नो नाममा सारेका छन् । नारायणस्थान मन्दिर १९४३ सालमा फिरन्ता ब्रहृमाचारी गणेश गिरीले स्थापना गरी नारायण गुठी सञ्चालनमा ल्याएका थिए । त्यस समयमा पोखरा ३ नदीपुर निवासी देवीदत्त पाध्या पराजुली पूजारी थिए । पराजुलीको शेषपछि उनका २ छोराहरु रुद्रनाथ र टीकानिधिले पूजाआजा गर्दै आएको र उनीहरुको निधनपछि रुद्रनाथकी श्रीमती पवित्रा पराजुली र टिकानिधिकी श्रीमती गंगा पराजुलीले पूजारी राखेर पूजाआजाको व्यवस्थापन गर्दै आएका थिए । 

यस क्रममा २०३१ सालमा पुनः जग्गा नापजाँच सर्भे गर्ने क्रममा पराजुली जेठानी देउरानी मिलेर गुठीको जग्गा आफ्नो नाममा दर्ता गराएको नारायणस्थान धार्मिक क्षेत्र विकास समितिको दाबी छ । ति जग्गा मध्ये पोखरा १४ छिनेडाँडामा रहेको कित्ता नम्बर ९ लाई फोडेर ५८९ नम्बरको ३ रोपनी २ आना २ दाम ३ पैसामा कायम गरेको, कित्ता नम्बर ३८५ फोडेर ८ रोपनी ७ आना २ दाम १ पैसा, कित्ता नम्बर ९७६ क्षेत्रफल भएको जग्गा फोडेर ६ रोपनी २ आना १ दाम कायम गरेको समितिको भनाइ छ । त्यस्तै, कित्ता नम्बर १ लाई फोडेर ३ रोपनी १५ आना बनाएको, कित्ता नम्बर १०१ लाई २ आना ३ दाम १ औंश जग्गा र साविक गल्र्याङ छहरेपानी ५ हाल पोखरा २८ मा रहेको कित्ता नम्बर ८२ क्षेत्रफल ६ आना १ दाम र कित्ता नम्बर १८ रोपनी ६ आना २ दाम २ पैसाका गुठी जग्गाहरु मध्ये हालका पूजारी पुष्पराज लामिछानेले कित्ता नम्बर १ को ३ रोपनी १५ आना जग्गा र ५८९ नम्बरको ३ रोपनी २ आना ३ दाम ४ पैसा जग्गा आफ्नो नाममा बकस पत्र लिएका थिए । 

त्यस्तै, लिखतमा नारायण गुठीको नाममा रहेको कित्ता नम्बर ५९०, १०१, ९७५, ८२ र २३६ जग्गाहरु समेत पराजुलीले आफ्नो नाममा बकसपत्र लिएको देखिएको छ । त्यसपछि पराजुलीले बकसपत्र दिने गंगा पराजुलीबाट मिनाकुमारी गुरुङको नाममा २८११ कित्ता नम्बरको २ रोपनी जग्गा काटेर दिएको र पछि मिनाबाट लामिछानेले २०५८ साल जेठ १९ गते आफ्नो नाममा सारेको समितिको दाबी छ । जग्गा व्यक्तिको नाममा नामसारी भएको खुलासा भएपछि २०६१ साल जेठ ३१ गते समाजसेवी तथा बरिष्ठ पत्रकार तेजनाथ घिमिरेलगायतको समूहले जिल्ला प्रशासन कार्यालयमा बदर गरी गुठीकै नाममा यथावत कायम राख्न माग गर्दै निवेदन दिएको थियो । त्यसपछि २०६१ साल पुष ११ गते पोखरा ११ निवासी रुद्रनाथ अधिकारीसहित २१ जनाले पुनः जग्गा गुठी नाममा यथावत राख्न माग गर्दै निवदेन दिएपश्चात जिल्ला प्रशासन कार्यालय कास्कीले मालपोत कार्यालयलाई सो जग्गा रोक्का गर्न आदेश दिएको थियो । 

त्यसपछि पनि जग्गा व्यक्तिको नाममा नामसारी हुने प्रयास भइरहेको भन्दै समितिले गुठी संस्थान केन्द्रीय कार्यालयलाई पत्र पठाएको र संस्थानले २०७० बैशाख १० गते पत्र पठाउँदै गुठीको जग्गा व्यक्ति विशेषको नाममा नामसारी गर्न नपाउने गरी रोक्का आदेश दिएको र मालपोत कार्यालय कास्कीले रोक्का राखेको समितिको भनाइ छ । जग्गा रोक्का भएपछि पुष्पराज पराजुलीले पुनरावेदन अदालत पोखरामा जग्गा नामसारी गर्न पाउनुपर्ने भन्दै रिट दायर गरेका थिए । सो मुद्धामा २०७१ साल फागुन ३ गते फैसला गर्दै पुनरावेदन अदालतले पुष्पराजलाई गुठीले पूजारी तोकेको वा जग्गाको संरक्षण गर्ने जिम्मा पनि नदिएको देखिएको बताउँदै फुकुवा गर्नुपर्ने आधार नभएको बताएको छ । 

तर निवेदकले अख्तियार र मालपोतलाई प्रभावमा पारेर हाल आएर जग्गा नामसारी गर्न सफल भएको समितिले बुधबार पोखरामा पत्रकार सम्मेलन गरी आरोप लगाएको छ । अख्तियारले २०७३ साल बैशाख ५ गते समितिलाई जानकारी पनि नगराई साविक छिनेडाँडा १ र हाल पोखरा १४ मा रहेको नारायण गुठीको कित्ता नम्बर ३८५ फोडेर कायम गरिएको कित्ता नम्बर ९७५ को ८ रोपनी ७ आना २ दाम १ पैसा जग्गा रैकरमा परिणत गर्न पत्र पठाएको समितिको भनाइ छ । सोही आदेशलाई आधार मान्दै मालपोत कार्यालयले पूजारी लामिछानेको नाममा जग्गा नामसारी गरिदिएको समितिले बताएको छ । समितिले गुठीको जग्गा व्यक्तिलाई नामसारी गरी व्यक्तिगत बनाउन नभई भोगचलन गर्न मात्र पराजुली परिवारलाई दिएकाले सो जग्गा गुठीकै नाममा फिर्ता गर्न माग गरेको छ । समितिका वर्तमान अध्यक्ष महेश पराजुलीले मालपोत कार्यालयको कर्मचारीको मिलेमतोमा पुष्पराजले आफ्नो नाममा जग्गा नामसारी गरेको आरोप लगाए । 

उनले जग्गा नामसारी हुन लागेको थाहा पाएर प्रशासनमा उजुरीसहित मालपोतमा रोक्न आग्रह गर्दागर्दै पनि अटेर गरेर अख्तियारको हवाला दिदै जबरजस्ती जग्गा नामसारी गरेको बताए । उनले राज्यले संरक्षण गर्नुपर्ने जग्गा राज्यकै निकायमा बस्नेहरुको मिलेमतोमा नामसारी हुनु दुःखद भन्दै यस निर्णयले नजीर बस्ने र अन्य जग्गा पनि हडप्ने हो कि भन्ने आशंका उब्जाएको भन्दै चिन्ता व्यक्त गरे । बरिष्ठ पत्रकार तथा समाजसेवी तेजनाथ घिमिरेले संरक्षणको लागि भनेर भोगचलन गर्न मात्र दिएको जग्गा हडप्न खोजेको भन्दै सो जग्गा फिर्ताका लागि प्रशासनको ध्यानाकर्षण गराए । गुठी निर्माणका संस्थापक कर्णशंकर पालिखेले हिन्दु धर्मावलम्बीको आस्थाको केन्द्र नारायणस्थान मन्दिरको जग्गा प्रशासनकै मिलेमतोमा लुटिन लागेकाले त्यो जोगाउन पत्रकार गुहार्नुपरेको बताए । उनले सम्पतिका लागि पुष्पराजले धर्म छाडेको भन्दै यसतर्फ सचेत रहन आग्रह गरे । समितिले जग्गा फिर्ता नभए अदालत जाने बताएको छ ।

Labels: Comedy, Entertainment, News

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved.प्रवासी खबर.com