• HOME
  • NEWS
  • INTERNATIONAL
  • ENTERTAINMENT
  • WORLD
  • HEALTH
  • SPORTS
  • VIDEOS
    • DOHORI
    • COMEDY
    • TAMANG
    • SHORT MOVIE
    • FILM
  • PRABASH
  • ENGLISH
Comedy, Entertainment, News, ShortMovie » छोरीलाई नायिका बनाएर आफू निर्देशक बन्न चाहन्छिन् करिश्मा, तर समस्या यस्तो पो रहेछ त !
छोरीलाई नायिका बनाएर आफू निर्देशक बन्न चाहन्छिन् करिश्मा, तर समस्या यस्तो पो रहेछ त !


Karishma Manandhar (1)

नायिका करिश्मा मानन्धरले चलचित्र निर्देशन गर्ने भनेको पनि लामै समय भैसकेको छ । करिश्मा चलचित्र निर्देशन गर्ने सोचमा पनि छिन् । तर, उनलाई पनि कथावस्तुकै समस्या छ । एक भेटमा करिश्माले अनलाइनखबरसँग भनिन्-‘चलचित्र निर्देशन गर्ने भनेको हो । तर, स्क्रिप्ट नै गतिलो पाएको छैन ।’ नेपालका चर्चित नायिकाहरु निर्देशक भैसकेका छन् भने कोही हुने तयारीमा छन् । करिश्माले पनि अब निर्देशक बनेर नयाँ विधा समाउने तयारी गरेकी छिन् । 

करिश्माका अनुसार उनी कथावस्तु राम्रो पाएको खण्डमा छोरी कवितलाई नै यो क्षेत्रमा डेब्यू गराउन चाहिन्छन् । उनले छोरीको बिषयमा भनिन्-‘हो कवितालाई पनि नायिका बनाउने सोच हो । तर, कविताले पनि मेन्टेन गर्नुपर्‍यो नि ।’ नायिका बन्नका लागि त्यती सजिलो छैन भन्दै करिश्माले कविताले मेन्टेन नगरेकोमा भने असन्तुष्टी पोखेकी छिन् । करिश्माकी छोरी कविता अहिले अमेरिकामा छिन् । कविताले मेन्टेन गरेको खण्डमा उनलाई नायिका बनाएर आफू निर्देशक बन्ने सोच करिश्माको छ । अमेरिकाबाट फर्किएपछि करिश्माले निर्माण गरेको चलचित्र ‘फागू’ असफल भयो । यसैले करिश्माले निर्माण भन्दा निर्देशन विधालाई समात्न लागेकी हुन् ।

Labels: Comedy, Entertainment, News, ShortMovie

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved.प्रवासी खबर.com