• HOME
  • NEWS
  • INTERNATIONAL
  • ENTERTAINMENT
  • WORLD
  • HEALTH
  • SPORTS
  • VIDEOS
    • DOHORI
    • COMEDY
    • TAMANG
    • SHORT MOVIE
    • FILM
  • PRABASH
  • ENGLISH
Comedy, Entertainment, News » एमाले रामेछापका नेताले ‘यता आउ न बाबा’ भन्दै तीन श्रीमती थुपारेपछि…
एमाले रामेछापका नेताले ‘यता आउ न बाबा’ भन्दै तीन श्रीमती थुपारेपछि…


Govinda Khadka 2.13...

काठमाडौं– नेकपा एमालेको राजनीति गर्ने गोविन्द खड्का दोस्रो संविधानसभामा राप्रपा नेपालको तर्फबाट रामेछाप–१ मा चुनाव लडेका थिए । २०७२ जेठ तिर एमालेमा प्रवेश गरेका खड्का हाल नेकपा एमाले रामेछापको जिल्ला समिती सदस्य छन् । काठमाडौंमा ‘सफलता हाउजिङ एण्ड इन्भेष्टमेन्ट प्रा.लि’ नामक कम्पनी चलाउँदै आएका खड्काले तीन महिलासँग विवाह गरेको पाईएको छ । 

उमेरले चालिस टेकेका खड्का नेपाली सेनाको भगौडा सिपाही समेत रहेकाले झोक चल्नासाथ ‘गोलि ठोकेर मार्दिन्छु’ भन्न पछि पर्दैैनन् । आफुले टेम्पो चलाएर कमाएको १० लाख सिध्याईदिएपछि उनकी कान्छी आजकाल खड्काको यस्तै धम्कीबाट पिडीत छिन् । 

आफुलाई ‘अर्बपती’ बताउने खड्काले पहिलो विवाह सिन्धुपाल्चोकमा गरे । सिन्धुपाल्चोककी जेठीलाई राजधानिमा कोठा लिएर राखेको करिब छ महिनापछी उनी गर्भवती भईन् । पारिवारिक स्रोतका अनुसार गर्भवती अवस्थामा जेठीलाई कुटेर घरेलु हिंसा मच्चाउन थालेपछि उनी गोविन्दसँग बस्नै सकिनन् । विवाह गरेको केही महिनापछी नै माईतिको शरणमा पुगेकी जेठीले छोरि जन्माईन् । गोविन्दले उनलाई छडिदिए । 

त्यसपछि विवाह नै भएको छैन भन्दै खड्काले सरस्वती गुरुङसँग दोस्रो विवाह गरे । दुई सन्तान भएकी सरस्वतीलाई उनले काठमाडौंको पेप्सीकोलामा घर किनेर राखिदिएका छन् । सरस्वतीकी जेठी छोरी अहिले ७ कक्षामा पढ्छिन् । 

एमालेको कार्यक्रममा बिछ्याए मायाजाल ! 

गतशाल भुकम्प गएपछि नेकपा एमाले रामेछाप–काठमाडौं सम्पर्क मञ्चले भुकम्प पिडीतकको सहयोगार्थ सांस्कृतिक कार्यक्रमको आयोजना गरेको थियो । पैसा हाल्न सक्ने मान्छे भनेर एमालेका केही नेताले गोविन्दलाई कार्यक्रममा बोलाए । सांदसको चुनाव समेत लडिसकेका गोविन्द एमालेको सम्पर्क मञ्चले आयोजना गरेको कार्यक्रममा पुगे, र पचास हजारको टिकट किनिदिए । 

सोही कार्यक्रममा उनले अविवाहित र फुर्तिली एमाले कार्यकर्ता सीता केसीलाई आँखा लगाए । पहिलो भेटमै सीताको नम्बर मागेका खड्काले त्यसयता लगातार फोन गर्न थाले । सीताको राजनिती लाई सहयोग गर्न आफु जे–सुकै गर्न तयार रहेको भन्दै फकाएर भुकम्पछि उनलाई राहत किनिदिए । चामल, च्युरा र जस्तापाता लगायतका राहत सामग्री सीताले गोविन्दसँगै गएर आफ्नो जन्मघर गोठगाउँ सहित आसपासका गाविसमा बाँडिन्, दीर्घकालिन राजनिती गर्ने सोचले जनआधार बलियो बनाउने प्रयत्न गरिन् । 

त्यहि क्रममा गोविन्दले सीताको मन जिते । सीतालाई राजनितीमा अगाडी बढाउने प्रण गर्दै राप्रपा नेपाल छाडेर एमालेमा प्रवेश गर्न लगाए । गोविन्दको पैसा देखेपछि सिता पनि आकर्षित भईन् । २८ बर्षमा टेकेकी उनले ‘यत्तिको पुरष मान्छे भए हुन्छ’ भन्दै विवाह गर्ने सोच बनाईन् । एमाले प्रवेश गरेपछि सीता र गोविन्दबीच अझै सामिप्यता बढ्यो । ‘यता आउ न बाबा’ भन्दै मायाजालमा पारेका गोविन्दले अन्तत बर्षौ अघि आफ्नो विवाह भएको तर श्रीमतीसँग सम्वन्ध टुटिसेको भन्दै जनकपुरको जानकी मन्दिर लगेर सिउँदोमा सिन्दुर हालिदिए । 

ट्याम्पो चलाएर कमाएको दश लाख झ्वाम 

सीता एमालेको राजनितीसँगै काठमाडौंमा टेम्पो चलाउँथिन् । टेम्पो चलाएर कमाएको पैसा जम्मा गरेर उनले बुढानिलकण्ठमा सानो घर बनाएकी थिइन् । जनकपुरधाममा राम जानकीलाई साक्षी राखेर सिन्दुर हालेपछी गोविन्द सीताको बुढानिलकण्ठ स्थित घरमा बस्न थाले । करिब तिन महिना सीताको घरमा बसेपछि एमाले पंतिमा गोविन्दले फुर्ति छाड्दै भन्न थाले ‘कान्छिको लागी बुढानिलकण्ठमा घर बनाईदिएको छु ।’ बिहे गरेको तिन महिनापछी सितालाई फकाएर उनको घर बैंकमा धितो राख्दै दश लाख निकालेर हिँडको गोविन्द त्यसयता बुढानिलकण्ठ फर्केनन् । यो ०७२ भदौ १० को कुरा हो, त्यसपछी जत्ति फोन गरेपनी सम्पर्कमा आउन चाहेनन् । दश लाख फिर्ता गर्न आग्रह गर्दा प्रमाण खोज्न थाले । 

यसरी सीतालाई फसाएर दश लाखको पोको बोकेर हिँडेका गोविन्दले बानेश्वरको ‘मायालु रोधीघर’मा काम गर्ने एकजना थापा मगर थरकी युवतीलाई मायाजाल विछ्याए । आफैंले संचालन गरेको सो रोधिघरमा गीत गाउने २२ बर्षिया थापामगर पट्याउन हरेक साँझ उनलाई भेट्न पुग्थे, गीत सुनेर पैसा फाल्थे । कोटेश्वरमा कोठा लिएर बस्ने ति युवतीलाई खड्काले ‘दोहोरी साँझ तिम्रै नाममा नामसारी गर्दिन्छु’ भन्दै अनामनगरमा फ्ल्याट खोजेर उनीसँगै बस्न थाले । गएको दशैंताका ती युवतीलाई अनामनगरको फ्ल्याटमा राखेका खड्काले खुसिले गहना समेत किनिदिएका थिए । पछि लामो समयको भाडा समेत नतिरी खड्काले फ्ल्याट छाडेर हिँडे, दोहोरीबाट पनि निकालिदिए । खड्काले ‘बिहे गर्छु’ भनेर विचल्ली पारेपछि उनी गाउँ फर्कन बाध्य भइन् । ति युवतीका अनुसार खड्काले ‘तँलाई गाडीले किचेर मारिदीन्छु भनेपछि उनी काठमाडौं छाड्न बाध्य भएकी थिईन् ।’ 

पुर्व सांसदलाई ‘गनगने बुढो’ भन्दै लिफ्ट 

गएको फागुन चैततिर नेकपा एमाले रामेछापको नगर सम्मेलन हुँदै थियो । सम्मेलनमा भाग लिन सांसद कमला सुवेदी खड्काकै गाडीमा जाने कार्यक्रम तय भएको थियो । कोटेश्वरबाट गाडी चढेपछी कमलाले पुर्व सांसद देवशंकरलाई पनि सँगै लैजान प्रस्ताव गरिन् । अघिपछि कमरेड भन्दै अभिवादन गर्ने खड्काले त्यसदिन कमलासँग भने, ‘हैन, त्यो गनगने बुढालाई हामीसँग नलैजाऔं ।’ कमलाले नमानेपछि देशशंकर पौडेललाई पनि गाडीमा चढाए । धुलिखेल पुगेपछि शर्मिला नामकी एउटी गायिका उनको गाडीमा चढिन् । रामेछापको नगर सम्मेलनमा गीत गाएबापत खड्काले सर्मिलालाई पचास हजार दिएको रामेछापका एक जिल्ला समिति सदस्यले रातोपाटीलाई बताए । 

नगर सम्मेलनमा सीता पनि गएकी थिईन् तर उनले नचिनेजस्तो गरे । त्यताबाट फर्केपछि सीताले सरस्वती गुरुङसँग रामेछापको कहानी सुनाईन् । सरस्वतीले खड्कालाई झपार्दै सर्मिलालाई बोलाउन आग्रह गरिन् । सरस्वतीको अगाडी ‘सर्मिला मेरी बैन हो’ भन्दै गोविन्दले खुट्टा ढोगे । कान्छि श्रीमती सितासँग छोडपत्र गरेर माईली सरस्वती सँगै बस्ने कसम खाए । 

मन्त्रीकै सामुन्ने कान्छीले हानिन् झापड ! 

गएको जेठ १ गते राष्ट्रिय नाचघरमा एमाले सम्वद्ध ‘लोक सांस्कृतिक संघ’ले स्रष्टा सम्मान कार्यक्रमको आयोजना गरेको थियो । गोविन्दको कम्पनी ‘सफलता हाउजिङ एण्ड ईन्भेष्टमेन्ट’ले कार्यक्रमको प्रायोजन गरेको थियो । प्रायोजन बापत उनले दुई लाख नगद दिएको सांस्कृतिक संघका एक पदाधिकारीले जानकारी दिए । 

स्रष्टा सम्मान कार्यक्रमका प्रमुख अतिथी थिए संचारमन्त्री शेरधन राई । सम्मानित हुने मुख्य ब्यक्तित्व थिए गोविन्द खड्का । शेरधनले गोविन्दलाई सम्मान गरिसकेपछि एक युवतीले गोविन्दको मोवाईल मागेर फोटो खिचिन् । ति युवतीसँगको हिमचिम गोविन्दकी कान्छि सीताले पचाउनै सकिनन्, बधाई दिने बहानामा मञ्चमा उक्लेकी सीताले गोविन्दको गालामा थप्पड बजारिन् । सीतालाई चिन्दिन भन्दै गोविन्दले प्रहरी बोलाएर उनलाई पक्राए, शेरधन राई हेरिरहे । 

रातोपाटीसँग कुरा गर्दै एमाले जिल्ला सदस्य गोविन्द खड्काले सीता केसीसँग आफ्नो विवाह भएको अस्विकार गर्दै नाचघरमा आफूमाथि अमानविय ब्यवहार भएको बताए । उनले सीतालाई सुन तस्कर र खैरो हिरोईनको कारोवार गर्दै आएको युवती समेत भएको आरोप लगाउँदै भने, ‘म अरबपती हुँ, उसको दश लाख पैसा मैले खाएको छैन ।’ गोविन्दले सीतालाई विवाह गरेको अस्विकार गरेपनि रातोपाटीलाई भने विवाहको तस्बीर प्राप्त भएको छ ।

श्रोत : रातो पाटी 

Labels: Comedy, Entertainment, News

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved.प्रवासी खबर.com