आफ्नै भान्जीलाई पटक पटक बलात्कार गर्ने मामा पक्राउ
जेठ १३, उदयपुरमा आफ्नै भान्जीलाई पटक पटक बलात्कार गर्ने मामा पक्राउ परेका छन् ।
उदयपुरको बेल्टार–बसाहा नगरपालिकामा आफ्नै भान्जीलाई ६ महिनादेखि पटक पटक बलत्कार गर्दै आएका मामा पक्राउ परेका हुन् ।
आफ्नै भान्जीलाई मामाले ६ महिनादेखि पटक पटक बलत्कार गर्दै आएको उजुरीका आधारमा जेष्ठ ८ गते पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक भिमप्रसाद सिलवालले पक्राउ परेका बेव नपा–११ का रोशन भन्ने डन्डु मगरलाई विशेष सुरकीको आधारमा पक्राउ परेको बताएका छन् ।
निरीक्षक सिलवालले मगर साकेला नाच्न आएको सूचनाको आधारमा पक्राउ गरेको जनाएका छन् ।
सिलवालले मंसिर महिनामा घरमा आमा नभएको अवस्थामा बाबुले मादक पद्धार्थ सेवन गरि छोरीलाई जवरजस्ती करणी गरेको त्यस पछि मामा घरमा जाँदा मामाले नै जवरजस्ती गर्ने गरेको र पछि छिमेकी दाजु पर्नेले पनि डर देखाएर बलत्कार गर्ने गरेको जाहेरीको आधारमा मामालाई पक्राउ गरेको जनाए ।
आरोपी बाबु र छिमेकी दाईलाई पुर्पक्षका लाथि थुनामा रहेका छन भने मामालाई अनुसन्धानका लागि म्याद थप गरिएको छ ।

0 comments
Write Down Your Responses