• HOME
  • NEWS
  • INTERNATIONAL
  • ENTERTAINMENT
  • WORLD
  • HEALTH
  • SPORTS
  • VIDEOS
    • DOHORI
    • COMEDY
    • TAMANG
    • SHORT MOVIE
    • FILM
  • PRABASH
  • ENGLISH
Comedy, Entertainment, News » ‘राई—लिम्बू हेर्नै मन लाग्दैन’ भन्ने समृद्धि राईले भनिन् : ‘मलाई माफ गरिदिनु होला, आइन्दा सोचेर बोल्छु’
‘राई—लिम्बू हेर्नै मन लाग्दैन’ भन्ने समृद्धि राईले भनिन् : ‘मलाई माफ गरिदिनु होला, आइन्दा सोचेर बोल्छु’



काठमाडौं, जेठ १३ । राई लिम्बू समुदायप्रति घृणा पैदा हुने शब्द टेलिभिजन कार्यक्रममा बोलेकी कलाकार संमृद्धि राईले सामाजिक सञ्जालमार्फत चौतर्फी आलोचना आएपछि भिडियो रेकर्ड गराएरै माफी मागेकी छन् । मोडलिङ र गायन क्षेत्रमा लागेकी राईले बीबीसीको साझा सवाल कार्यक्रममा ‘राई—लिम्बू हेर्नै मन लाग्दैन’ भन्ने शब्द सार्वजनिक गरेपछि उनको चौतर्फी विरोध र गालीगलौज सुरु भएको थियो । 

सामाजिक सञ्जालमा विरोध सुरु भएपछि आफ्नो फेसबुक पेजमार्फत तत्काल माफी मागे पनि गाली नरोकिएपछि उनले करिब ७ मिनेटको भिडियो रेकर्ड गरेरै माफी मागेकी हुन् । उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको उक्त भिडियोमा आवेगमा आएर किराती समुदायलाई चोट पुर्‍याएकोमा आफै दुःखी भएको बताएकी छन् । ‘सामाजिक सञ्जालमार्फत रिस देखाउनु भएको छ, मलाई आफ्नो ठानेर नै आवेग देखाउनु भएको ठानेकी छु’ भन्दै उनले भनेकी छन् ‘किराती समुदायलाई चोट पुर्‍याउने मेरो मनसाय थिए, धेरै जातजाति र विविधताले नै नेपाल सुन्दर रहेको भन्न खोजेको थिएँ, नेपाली राम्रो बोल्न नसक्दा यस्तो भएको हो ।’ उनले भनेकी छन् “म आलोचनाको पात्र भएको छु । यही मेरो लागि सजाय हो । अब सचेर मात्र बोल्ने छु । 
म वाम्बुले राईकी छोरी हुँ । मेरो पुरानो घर ओखलढुङ्गा हो । मेरो हजुरआमाले घरमा यलम्बरको तस्वीर राख्नु हुन्थ्यो । यो किराती राजा हुन भन्नुहुन्थ्यो ।” “यो बाहेक किरातीको बारेमा थाहा छैन । अब किरातीहरुको भेषभूषा, भाषाको अध्ययन गर्ने अवसरको रुपमा यो घट्नालाई लिन्छु । जसरी किराती राई लिम्बू समुदायको बेइज्जतको शब्द निकाले अब इन्जत कमाउने काममा लाग्छु ।” समृद्धिको गीतले भन्छ : ‘केटा कुन जातको मन पराइस् ? केटी कुन थरको तैंले भगाइस् ? किन यहाँ सबैलाई राज्य चाहिएको छ ?’ यो गीतको भाव पहिचान आन्दोलनको विपक्षमा रहेको भन्दै आलोचना गरिएको छ । समृद्धि राई मिस टिन २००६ को सेकेण्ड रनर अप, सञ्चारकर्मी र गायिका हुन् । भाषा, धर्म, संस्कार, संस्कृतिको विकास, पहिचानसहितको संघीय राज्यको कुरा उठिरहेको बेला कलाकार समृद्धि राईको शब्द पहिचानविरोधी मानसिकताबाट आएको अनुमान गर्न सकिन्छ । समृद्धिको मात्र होइन नेपाली मात्र भएर नेपालको विकास गर्ने नाममा यस्ता थुप्रै गीत बजारमा बज्ने गरेको पाइन्छ ।

Labels: Comedy, Entertainment, News

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved.प्रवासी खबर.com