• HOME
  • NEWS
  • INTERNATIONAL
  • ENTERTAINMENT
  • WORLD
  • HEALTH
  • SPORTS
  • VIDEOS
    • DOHORI
    • COMEDY
    • TAMANG
    • SHORT MOVIE
    • FILM
  • PRABASH
  • ENGLISH
Comedy, Entertainment, News » कुमार घैंटेलाई जस्तै ५ गुण्डा नाइकेहरुलाई प्रहरीले इन्काउन्टर गर्नसक्ने खुलासा
कुमार घैंटेलाई जस्तै ५ गुण्डा नाइकेहरुलाई प्रहरीले इन्काउन्टर गर्नसक्ने खुलासा


काठमाडौं–मोस्ट वान्टेड सूचीमा रहेकै बेला डन गणेश लामाले अदालतमा उपस्थित भएर प्रहरीलाई जिल्याएका छन् । अपहरण मुद्दामा फरार रहेका लामा भूमिगत रुपमा विशेष अदालत र ललितपुर जिल्ला अदालतमा आफूविरुद्वको मुद्दा मिलाउन सक्रिय छन् । गत ११ चैतमा उनी गोप्य रुपमा अदालतमा उपस्थित भएर भूमिगत भएका हुन् । 

अदालतमा उपस्थित नहुँदा मुद्दा मिलाउन गाह्रो हुने भएपछि उनी प्रहरीलाई छक्याउँदै अदालतमा उपस्थित भएका हुन् । लेनदेन विवादमा ललितपुरका एक जग्गा दलाललाई घरमा बन्धक बनाई जर्बजस्ती कागज गरेको घटनामा लामा फरार छन् । कुमार घैंटेलाई जस्तै प्रहरीले इन्काउन्टर गर्न सक्ने डरले उनी विदेश भागेका थिए । तर, पछिल्लो समय उनी विजयकुमार गच्छदारको आडका कारण काठमाडौंमा धाउन थालेका हुन् । 

कुमार घैंटेको इन्काउन्टरपछि अधिकाशं समय दुबई भागेका थिए लामा । प्रहरीले जुनसुकै बेलामा पनि गुण्डा नाइकेलाई इन्काउन्टर गर्न सक्ने बताइएको छ । लामा मात्र होइनन् सबै डनहरु विशेष अदालतमा चलखेलमा लागेका छन् । चलखेलकै कारण उनीहरुविरुद्वको सम्पत्ति शुद्विकरण मुद्दाको पेशी पटक–पटक सर्दै आएको छ । अदालतमा मुद्दाको सबै प्रक्रिया पूरा भइसकेपनि उनीहरुको पेशी दुई महिना यता सरेकै सर्यै छ । ५ गुण्डा नाइकेविरुद्व मुद्दा दायर भएको करिब ३ वर्ष भइसकेको छ । सम्पत्ति शुद्विकरण अनुसन्धान विभागले गणेश लामासहित, परशुराम बस्नेत, अभिषेक गिरी, दिपक मनाङे र चक्रे मिलनविरुद्व मुद्दा दायर गरेको थियो । अदालतमा सबै प्रक्रिया पूरा भइसकेपनि मुद्दाको पेशी सर्दै आएको छ । आजको देसिट साप्ताहिकमा खबर छ ।

Labels: Comedy, Entertainment, News

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved.प्रवासी खबर.com