• HOME
  • NEWS
  • INTERNATIONAL
  • ENTERTAINMENT
  • WORLD
  • HEALTH
  • SPORTS
  • VIDEOS
    • DOHORI
    • COMEDY
    • TAMANG
    • SHORT MOVIE
    • FILM
  • PRABASH
  • ENGLISH
Comedy, News, Prabash » हङकङ पठाइ दिन्छु भन्दै दुई व्यक्तिबाट १३ लाख ठगी गर्ने महिला पक्राउ
हङकङ पठाइ दिन्छु भन्दै दुई व्यक्तिबाट १३ लाख ठगी गर्ने महिला पक्राउ


काठमाडौं, वैशाख २१ - हङकङ पठाइ दिन्छु भन्दै ठगि गरेको आरोपमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। दुई व्यक्तिबाट १३ लाख ठगी गरेको आरोपमा कपिलवस्तुको चन्द्रौटा ८ घर भई हाल काठमाडौं म्हैपी बस्ने ३६ वर्षकी लक्ष्मीदेवी विकलाई प्रहरीले पक्राउ गरेको हो । 

उनले अनेस्टि इन्टरनेशनल हुमन रिसर्च कन्सल्टेन्सी प्राली नामको कन्सल्टेन्सी सञ्चालन गरी वैदेशिक रोजगारीमा आकर्षक तलबमा हङकङ पठाइदिने भन्दै सिन्धुपाल्चोक पाङताङ ४ का २४ वर्षीय शिवलाल श्रेष्ठ र सिन्धुली कमलामाइ २४ का २८ वर्षीया सरिता मगरबाट १३ लाख लिएको प्रहरीले बताएको छ। गैरकानुनी बाटोबाट हङकङ पठाउन चीन पुर्याइएका उनीहरु १ महिनासम्म चीनमै अलपत्र परेपछि आफ्नै खर्चमा नेपाल आएर विकमाथि ठगी आरोपमा प्रहरीमा उजुरी गरेका थिए। प्रहरी महानगरीय अपराध शाखा टेकुले खोजीपछि टोखाबाट पक्राउ गरिएकी अभियुक्त विकलाई अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको बताएको छ।

Labels: Comedy, News, Prabash

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved.प्रवासी खबर.com