• HOME
  • NEWS
  • INTERNATIONAL
  • ENTERTAINMENT
  • WORLD
  • HEALTH
  • SPORTS
  • VIDEOS
    • DOHORI
    • COMEDY
    • TAMANG
    • SHORT MOVIE
    • FILM
  • PRABASH
  • ENGLISH
Entertainment, International, News » नेपाल बिरुद्ध अभिव्यक्ति दिए पछि भारतका लागि नेपाली राजदुत दिप कुमार उपाध्याय लाई फिर्ता बोलाईयो
नेपाल बिरुद्ध अभिव्यक्ति दिए पछि भारतका लागि नेपाली राजदुत दिप कुमार उपाध्याय लाई फिर्ता बोलाईयो


काठमाडौं, २४ वैशाख । सरकारले भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायलाई फिर्ता बोलाउने निर्णय गरेको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको कोटाबाट भारतका लागि नेपाली राजदूत बनेका उपाध्यायलाई वर्तमान सरकार ढाल्ने खेलमा लागेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्तावमा मन्त्रिपरिषद बैठकले फिर्ता बोलाउने निर्णय गरेको पराष्ट्र मन्त्रालयले स्रोतले जनायो । 

दिल्लीबाटै दिए कडा जवाफ 

यसैबीच भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले आफूलाई फिर्ता बोलाउने निर्णयबारे जानकारी नभएको प्रतिक्रिया दिए । टेलिफोनमा दिल्लीबाट उनले भने– ‘फिर्ता बोलाउनुअघि सरकारबाट प्रश्न आएको थियो राजीनामा दिनुहुन्छ कि फिर्ता बोलाउ । मैलै जे गर्दा राम्रो हुन्छ त्यही गर, राजीनाम दिन्न् भने ।’ उनले आफूमाथि लगाइएका आरोप गलत भएको भन्दै आफ्नो मन, बचन र कर्मले भ्याएसम्म राष्ट्र, जनता र सरकारलाई सहयोग गरेको बताए । ‘मलाई कसले के आरोप लगाए त्यसमा मेरो भन्नु केही छैन् । मैले सकेजति राम्रो गर्ने प्रयास गरेकै हो’ उनले भने । पूर्वमन्त्री समेत रहेका उपाध्यायलाई डेढ वर्षअघि सुशील कोइराला नेतृत्वको सरकारले भारतका लागि नेपाली राजदूत बनाएर दिल्ली पठाएको थियो ।

Labels: Entertainment, International, News

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved.प्रवासी खबर.com