फेरि भारतमा नेपाली युवती सामूहिक बलात्कारको शिकार भईन (भिडियो सहित)
कोलकत्तामा आइतबार राति कारमा २५ वर्षीय नेपाली युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा भारतीय प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । घटनामा प्रयोग भएको कारलाई पनि फेला पारेको भारतीय संञ्चार माध्यमले जनाएको छ । भारतीय प्रहरी अधिकारी कंकड प्रसादले बताए अनुसार यस घटनामा संलग्न अर्को एक जनाको खोजी भैरहेको जनाएको छ ।
प्रहरीका अनुसार अभियुक्तहरुले उक्त महिलालाई सामूहिक बलात्कार गरि सडकमा फ्याकेर कारमा भागेका थिए । अहिले सम्म महिलाको पहिचान खुल्न सकेको छैन तर उनी नेपालको हुन भन्ने भारतीय सञ्चार माध्यमले बताएको छ । नेपालकी कार्यवाहक काउन्सिलर जनरल सिता बस्नेतले यस घटनको विषयमा कोलकत्ता प्रहरीसंग जानकारी लिने र पीडित महिला नेपाली भएको समाचार आएको छ । तर औपचारिक रुपमा यसको पुष्टि भयो भने राज्य सरकारसंग यस घटनाको विषयमा छिट्टै जाँच गर्न अनुरोध गर्ने बताएकी छन् ।

0 comments
Write Down Your Responses