• HOME
  • NEWS
  • INTERNATIONAL
  • ENTERTAINMENT
  • WORLD
  • HEALTH
  • SPORTS
  • VIDEOS
    • DOHORI
    • COMEDY
    • TAMANG
    • SHORT MOVIE
    • FILM
  • PRABASH
  • ENGLISH
Entertainment, Health, News » फुटबल स्टार बिमल घर्ति मगरकी बहिनि मनीषाको पोस्ट मार्टम रिपोर्ट सार्बजनिक
फुटबल स्टार बिमल घर्ति मगरकी बहिनि मनीषाको पोस्ट मार्टम रिपोर्ट सार्बजनिक



काठमाडौँः चिकित्सकले फुटबल खेलाडी विमल घर्ती मगरकी बहिनी मनिषाको पोस्टमार्टमको अन्तिम रिपोर्ट प्रहरीलाई बुझाएका छन् । त्रिवी शिक्षण अस्पताल महाराजगञ्ज फोरेन्सिक विभागका चिकित्सकले मंगलबार प्रहरीलाई बुझाएको रिपोर्टमा घाँटीमा परेको दबावले मनिषाको मृत्यु भएको जनाइएको छ । 

रिपोर्ट अनुसार मनिषाको गालामा सामान्य चोट छ र घाँटीमा २५ सेन्टिमिटरको डाम छ । ‘हाम्रो अनुसन्धानले उहाँको मृत्यु हृयाङ्गिङबाट भएको पुष्टि गरेको छ’, विभागका प्रमुख डा. हरिहर वस्तीले अन्नपूर्णसँग भने,’ हृयाङ्गिङको अर्थ आत्महत्या वा हत्या जुनसुकै पनि हुन सक्छ । यसको अनुसन्धानले प्रहरीले गर्नु पर्ला ।’ १७ वर्षीया मनिषा गत जेठ १३ गते बिहान नवलपरासी बर्दघाट ८ स्थित आफ्नै घरमा मृत भेटिएकी थिइन् । 

प्रहरीले घटना प्रकृति हेर्दा उनको हत्या भएको हुन सक्ने भन्दै अनुसन्धान अघि बढाएको छ । मनिषाको हत्यामा संलग्न भएको आशंकामा प्रहरीले उनका प्रेमी अशिष चौधरीलाई नियन्त्रणमा लिएको छ । चौधरीले मनिषाको मृत्यु अघि उनीसँग झगडा भएको तर आफुले हत्या नगरेको बयान दिँदै आएका छन् । अनुसन्धानका क्रममा नवलपरासीमै प्रहरीले उनको पोलिग्राफ पाँच घण्टा लगाएर गरेको छ ।

Labels: Entertainment, Health, News

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved.प्रवासी खबर.com