• HOME
  • NEWS
  • INTERNATIONAL
  • ENTERTAINMENT
  • WORLD
  • HEALTH
  • SPORTS
  • VIDEOS
    • DOHORI
    • COMEDY
    • TAMANG
    • SHORT MOVIE
    • FILM
  • PRABASH
  • ENGLISH
Entertainment, Health, News » योनीमा औषधि राख्ने निहुमा बलात्कार गर्ने यसरी पक्राउ
योनीमा औषधि राख्ने निहुमा बलात्कार गर्ने यसरी पक्राउ



बनेपाः झारफुक गर्ने एक वृद्धाले विभिन्न बाहाना बनाएर गाउँका महिलाहरुलाई बलात्कार गर्ने गरेको रहस्य खुलेको छ । काभ्रेको शंखुपाटी चौर गाविस वडा नम्बर चार का ६५ वर्षका दिलबहादुर लामाले बच्चा नभएका महिलाहरुलाई औषधि गर्ने भन्दै योनीमा औषधि राखेर बलात्कार गर्ने गरेको रहस्य खुलेको हो । स्थानीय ३५ वर्षकी एक महिलाले आफूमाथि बलात्कार भएको भन्दै प्रहरीमा उजुरी दिएपछि लामाले लामो समयदेखि गर्दै आएको कर्तुत सार्वजनिक भएको हो । 

पीडित महिलाले लामा विरुद्ध पनौती चौकीमा दिएको निवेदनका आधारमा प्रहरीले लामालाई आइतबार कोटेश्वरबाट पक्राउ गरेको हो । लामो समयअघिदेखि झाँक्रीको काम गर्दै आएका लामाले महिलाका रोग निको बनाउने तथा आफूले झारफुक गरेपछि बच्चा जन्माउने बताउँदै आएका थिए । एक महिलाको उजुरीपछि घटना सार्वजनिक भएको भन्दै अन्य पीडित महिलाहरुले खुलेरै लामाको कर्तुत सार्वजनिक गरेका छन् । स्थानीय एक महिलाले भनिन्–‘उनले महिलाका रोग निको पार्छु भन्ने, बच्चा नहुनेलाई बच्चा हुने बनाउँछु भन्थे । 

योनीमा औषधि राखेर औलाले भित्र पुर्‌याउन नसक्ने भन्दै औषधि भित्र पुर्‌याउन लिंग नै चाहिने भनेर बलात्कार गर्ने गरेका थिए ।' आफूमाथि भएको अत्याचारको विरोध गर्दा लामाले महिलाहरुलाई धम्की दिने गरेका थिए । आफूमाथि बलात्कार भएको कुरा कसैलाई सुनाए राम्रो नहुने भन्दै लामाले धम्क्याउने गरेको पीडित महिलाहरुले बताएका छन् । प्रहरीले पक्राउ गरेका लामालाई बुधबार सार्वजनिक गर्ने तयारी गरेको छ ।

श्रोत : अन्नपुर्ण पोस्ट 

Labels: Entertainment, Health, News

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved.प्रवासी खबर.com