• HOME
  • NEWS
  • INTERNATIONAL
  • ENTERTAINMENT
  • WORLD
  • HEALTH
  • SPORTS
  • VIDEOS
    • DOHORI
    • COMEDY
    • TAMANG
    • SHORT MOVIE
    • FILM
  • PRABASH
  • ENGLISH
Comedy, Entertainment, International, News » सिंहदरबार घेर्न लिम्बुवानको कार्यकर्ता भएर आए बिदेशी नागरिक (फोटोसहित)
सिंहदरबार घेर्न लिम्बुवानको कार्यकर्ता भएर आए बिदेशी नागरिक (फोटोसहित)



काठमाडौं: संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र जनजाति अभियानसम्बद्ध केही दलले आइतबार आयोजना गरेको सिंहदरबार घेराउ कार्यक्रममा नेपाल घुम्न आएका विदेशी नागरिक पनि देखिए । ‘लिम्बुवान’ लेखिएको रातो कपडा टाउकोमा बाँधेर करिब ४ जना विदेशी युवायुवती मधेसी दलको सिंहदरबार घेराउ कार्यक्रममा सहभागी भएका थिए । हजारौं सुरक्षाकर्मीको उपस्थितिबीच उनीहरु मधेसी मोर्चा र जनजातिसम्बद्ध दलका कार्यकर्तासँगै नाराबाजीमा मात्रै उत्रिएनन्, धर्ना बस्नसमेत भ्याए । 


मधेस आन्दोलनका पक्षमा स्टाटस लेखेकै कारण सरकारले केही समयअघि एक विदेशी नागरिकलाई देश निकाला गरेका बेला फेरि विदेशी नागरिक पनि आन्दोलनमा सहभागी हुँदै सडकमै उत्रिएका हुन् । विदेशी नागरिक समेत मधेसी मोर्चाको सिंहदरबार घेराउ कार्यक्रममा सहभागी भएको अवस्थामा गृहमन्त्रालयले भने अनभिज्ञता प्रकट गरेको छ । गृहमन्त्रालय स्रोतले सिंहदरबार घेराउका क्रममा मधेसी मोर्चाका नेता कार्यकर्ता सडकमा उत्रेको सबै स्थानको रिर्पोट आइनसकेकाले आन्दोलनमा विदेशी नागरिकको सहभागिता पुष्टि भइनसकेको जनाएको छ । 


नेपालको अध्यागमन कानुनले विदेशी नागरिकलाई राजनीतिक गतिविधिमा सहभागी हुन निषेध गरेको छ । सिंहदरबार घेर्न पुगेका विदेशीबारेमा गृहले अनभिज्ञता प्रकट गरिरहँदा उनीहरु कुन् देशका नागरिक हुन् भन्ने पनि खुल्न सकेको छैन । यसअघि क्यानाडाका नागरिक रोबर्ट पिनरले मधेस आन्दोलनका समर्थनमा सामाजिक सञ्जालमा लेखेपछि सरकारले उनको भीसा रद्ध गरिदिएको थियो ।

Labels: Comedy, Entertainment, International, News

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved.प्रवासी खबर.com