अनमोल केसीको चर्चित फिल्म ‘ड्रिम्स’ अनलाइनमा (हेर्नुहोस् फिल्म)
काठमाडौं : २०७२मा चर्चा र सफलता पाएको फिल्म ‘ड्रिम्स’ अनलाइनमा राखिएको छ । फिल्म ‘ड्रिम्स’ले प्रदर्शनको दोस्रो सातामै ६ करोड ग्रस कलेक्सन गरेको थियोे ।
यो फिल्मको वर्षकै सर्वाधिक ग्रस कलेक्सन गरेकाे फिल्म हो ।
सदाबहार अभिनेता भुवन केसीको डेब्यु निर्देशन रहेको फिल्ममा उनकै छोरा युवा स्टार अनमोल केसीले अभिनय गरेका छन् । फिल्म गत बर्ष फागुन २१मा देशव्यापी रुपमा प्रदर्शन आएको थियो ।
३० वर्षे फिल्मी यात्रामा भुवनले पहिलो पल्ट आफ्नै छोरा अनमोल केसीलाई लिएर आफ्नै ब्यानर काजल फिल्मस् मार्फत् ‘ड्रिम्स’को निर्देशन गरेका हुन् । भुवनले यसअघि काजल फिल्मस्को ब्यानरबाटै करोडपति, नेपाली बाबु, म तिमी बिना मरिहाल्छु जस्ता सुपरहिट फिल्म निर्माण गरिसकेका छन् ।
फिल्ममा नायिका साम्राज्ञीराज्य लक्ष्मी शाह र सन्ध्या केसीले डेब्यु गरेकी हुन्। फिल्ममा सामीप्यराज तिमल्सेनाको पटकथा, पुरुषोत्तम प्रधान र सन्जय लामाको छायांकन, हरकुलिश बस्नेत र विशेष पाण्डेको संगीत, बनिश शाह र मिलन श्रेष्ठको सम्पादन ,उत्तम न्यौपानेको साउण्ड डिजाइन रहेको छ । फिल्ममा चन्द्र पन्तको द्धन्द्ध, कविराज गहतराजको नृत्य र साहिल खानको ट्रेलर रहेको छ ।

0 comments
Write Down Your Responses