• HOME
  • NEWS
  • INTERNATIONAL
  • ENTERTAINMENT
  • WORLD
  • HEALTH
  • SPORTS
  • VIDEOS
    • DOHORI
    • COMEDY
    • TAMANG
    • SHORT MOVIE
    • FILM
  • PRABASH
  • ENGLISH
Health, International, News » शुखद खबर : चीनबाट काठमाडौंका लागि छुट्यो रेल भारतको लागि ठुलो धक्का (तस्बिर)
शुखद खबर : चीनबाट काठमाडौंका लागि छुट्यो रेल भारतको लागि ठुलो धक्का (तस्बिर)


China opens its first combined transport service to Nepal

काठमाडौं। चीन सरकारले नेपालकालागि अन्तराष्ट्रिय रेल सेवा शुरु गरेको छ। लान्ठोउ- सिगात्से-काठमाडौ यात्रा गर्ने उक्त रेल लान्ठोउबाट सिगात्सेसम्म आउने छ र तयहाँबाट सडक मार्ग भएर रेलमार्फत ल्याईएका सामानहरु काठमाडौं आउने छ। 

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको बेला भएको पारवाहान सम्झौताको प्रतिफल उक्त रेल सेवा बिस्तार भएको हो। उक्त रेलले हाल सामानहरु मात्र बोक्ने छ। बैशाख २९ मा चीनको लान्ठोउबाट हिडेको उक्त रेल सिगात्सेसम्म २४३१ किमीको यात्रा तय गर्ने छ। सिगात्सेबाट तिब्बतको गेलुङसम्म ५६४ किमीको सडक यात्रा तय गर्दै काठमाडौंसम्म आउने छ। 

उक्त सेवाले सामुन्द्रिक बाटो हुँदै भारत भएर नेपाल आउने चिनियाँ सामाग्री लगभग ३५ दिन चाँडो नेपाल आईपुग्ने बिश्वास गरिएको छ। ८६ वटा कार्गो कन्टेनर भएको उक्त रेलले दैनिक उपभोगका सामान लगायत बिभिन्न सामाग्रीहरु बोक्ने चीनको रेल कन्टेनर संस्थानले जनाएको चीनको प्रमुख मिडिया पिपुल डट सीएनले जनाएको छ। चीनसँगको पारवाहान सम्झौताको तयारी देखि नै नेपालसँग असन्तोष प्रकट गर्दै आएको भारतकालागि यो नयाँ टाउको दुखाइ हुनेछ। नेपाल मामिलामा भारत सरकार असफल हुँदै आएको भारतीय बिपक्षी दलहरुको निरन्तरको बिरोधमा नेपाल-चीन सिधा रेल सेवा सुरुवातले भारती राजनिती तातिने अनुमान गरिएको छ।

Labels: Health, International, News

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved.प्रवासी खबर.com