• HOME
  • NEWS
  • INTERNATIONAL
  • ENTERTAINMENT
  • WORLD
  • HEALTH
  • SPORTS
  • VIDEOS
    • DOHORI
    • COMEDY
    • TAMANG
    • SHORT MOVIE
    • FILM
  • PRABASH
  • ENGLISH
Comedy, International, News » एक जना भारतीय नेताले यसरी नेपाललाई गिराएर भने 'भिख मागेर नेपालको बिकाश हुदैन'
एक जना भारतीय नेताले यसरी नेपाललाई गिराएर भने 'भिख मागेर नेपालको बिकाश हुदैन'


मोरङः भारतीय जनता पार्टी (भाजपा)का उपाध्यक्ष भगतसिंह कोसियारीले नेपालको विकास भिख मागेर नहुने बताएका छन् । सोमबार मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)को महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै सिंहले भने, ‘नेपालले सगरमाथा झै शिर खडा गरेर उभिन सक्नुपर्छ, अनि मात्र देशको विकास हुन्छ । भिख मागेर देशको विकास हुँदैन ।’ सुदूर पश्चिम नेपालसँग जोडिने भारतीय राज्य उत्तराखण्डमा दुईपटक मुख्यमन्त्री भइसकेका भाजपाका वरिष्ठ नेता कोसियारीले नेपालले विकासका लागि आफै लागिपर्नुपर्ने बताएका हुन् । 

भाजपाका नेपाल मामिला विज्ञ समेत रहेका सिंहले नेपालले विकासका लागि भारत, चीन र अमेरिकासँग समान सम्बन्ध विस्तार गर्नुपर्ने समेत बताए । उनले नेपालको विकास कुनै एक देशसँग झुकाव राख्न नहुने भएकाले सबैसँग समान सम्बन्ध राख्नुपर्ने बताए । ‘नेपालको विकास न चीनसँग मिलेर न भारततर्फ झुकेर न अमेरिका तर्फ झुकेर हुन्छ,’ सिंहले भने, ‘नेपाललले कुनै देशसँग झुकाव नराखी परम्पर समान सम्बन्ध राखेर देश विकास गर्नुपर्छ ।’ नेपाल भारतको सम्बन्ध विशेष भएको चर्चा गर्दै सिंहले नेपाल र भारतको रगतको नाता भएको उल्लेख गरे । सिंहले दुई देशकाबीच रोटीबेटीको सम्बन्ध भएकाले रगतको नाता भएको प्रष्ट पारे । उनले भने, ‘नेपाल र भारतका जनता एक हुन् किनभने दुई देश बीचको रोटीबेटीको सम्बन्ध छ । 

यसका आधारमा भारत र नेपालका बीचमा रगतको नाता छ।’ सिंहले नेपालमा संघीयताले देश बर्बाद हुने हल्ला फैलाइएकोप्रति आफूलाई विश्वास नभएको बताए । उनले संघीयताले नेपाललाई मजबुत बनाउने तर्क गरे । ‘नेपालमा बनाइएका सात वा आठ प्रान्तले देश टुक्रिदैन । यसले नेपाललाई अझ मजबुत र बलियो बनाउछ ।’ उनले नेपालको संविधानले केही जनताका अधिकारलाई सुरक्षित गर्न नसकेपछि ती माग सम्बोधन हुने प्रक्रियामा रहेको बताए । संविधानले केही समयमै असन्तुष्ट समूहका माग सम्बोधन गर्ने विश्वास समेत सिंहले लिएका छन् । संविधानमा सीमांकनको विवाद देखिएपनि यस्ता विवाद समाधान हुने वित्तिकै नेपालको संविधान जनताको संविधान बन्ने उल्लेख गरे । ‘नेपालको संविधानका केही मागको सम्बोधन हुन बाँकी छ । सीमांकनसहितका केही विवाद बाँकी छन् । ती विवाद मिल्ने बित्तिकै संविधान सबै जताबीचको संविधान बन्छ,’ सिंहले भने ।

Labels: Comedy, International, News

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved.प्रवासी खबर.com