• HOME
  • NEWS
  • INTERNATIONAL
  • ENTERTAINMENT
  • WORLD
  • HEALTH
  • SPORTS
  • VIDEOS
    • DOHORI
    • COMEDY
    • TAMANG
    • SHORT MOVIE
    • FILM
  • PRABASH
  • ENGLISH
Comedy, Entertainment, International » महिलाहरुलाई किन मन पर्छ अग्लो जिउडाल भएका पुरुषहरु ? जानी राखौ !
महिलाहरुलाई किन मन पर्छ अग्लो जिउडाल भएका पुरुषहरु ? जानी राखौ !


tallcouple

केटीहरु किन अग्लो जिउडाल भएका केटाहरु मन पराउँछन् ? दक्षिण कोरियाको एक विश्वविद्यालयमा भएका एक अध्ययनले समान कद भएका भन्दा अलिक फरक कद भएका महिला पुरुषबीचको जोडी बढि टिकाउ तथा खुसी र सुखी हुने तथ्य पत्ता लगाएको छ । अध्ययन अनुसार ५० प्रतिशत भन्दा बढि महिलाहरु आफुभन्दा निकै अग्ला पुरुषसँग डेट गर्ने गरेका छन् । आखिर महिलाहरु आफुभन्दा अग्ला पुरुषलाई किन मन पराउँछन् त ? कारण यस्ता रहेछन्ः 

  • महिलाहरुका अनुसार जो पुरुषहरुको उचाइ अधिक हुन्छ उनीहरु केवल तागतवान मात्र होइन बुद्धिमान पनि हुन्छन् । होँचा पुरुषहरुको तुलनामा अग्ला पुरुषहरु बढि आत्मविश्वासी हुने विश्वास महिलाहरुमा हुन्छ । 


  • अग्लो जिउडाल भएका पुरुषहरुले महिलाहरुलाई शारीरिक सुरक्षाको अनुभुति प्रदान गर्दछन् । जबकी होँचा पुरुषहरुबाट महिलाहरुे पर्याप्त रुपमा सुरक्षाको अनुभुति गर्न सक्दैनन् । सोही कारण महिलाहरुले सुरक्षाको अनुभुति गराउन सक्ने अग्ला पुरुषहरुको खोजी गर्दछन् । 


  • अग्लो जिउडालका पुरुषहरु प्रायः अरु मानिसहरुमाथि आफ्नो वर्चस्व कायम राख्न सफल हुन्छन् । उनीहरुको आत्मविश्वासका कारण यस्तो सफलता प्राप्त गर्दछन् । उनीहरुको यो स्वभाव महिलाहरुलाई मन पर्दछ । 


  • अग्लो पुरुष स्वस्थ तथा तन्दुरुस्त देखिन्छ । त्यसैले यस्तो पुरुषसँग रहेर महिलाहरुले आफ्नो फिटनेसको पनि पूरा ख्याल गर्दछन् । 


  • अग्लो पुरुषको जोडी बन्दा महिलालाई हाइ हिल लगाउने तथा अन्य खाले फेसन सम्बन्धी कुरामा पछि हट्नु पर्दैन । त्यसैले स्वतन्त्र तथा निस्फिक्री भएर फेसन अँगाल्नका लागि पनि उनीहरु अग्लो पुरुषको अर्धांगिनी बन्न चाहन्छन् ।

Labels: Comedy, Entertainment, International

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved.प्रवासी खबर.com