• HOME
  • NEWS
  • INTERNATIONAL
  • ENTERTAINMENT
  • WORLD
  • HEALTH
  • SPORTS
  • VIDEOS
    • DOHORI
    • COMEDY
    • TAMANG
    • SHORT MOVIE
    • FILM
  • PRABASH
  • ENGLISH
Comedy, Entertainment, Health, News » ब्रेकिङ न्युज: काठमाडौं मेडिकल कलेजको चार तलामाथिबाट हामफालेर एक जनाले गरे आत्महत्या !
ब्रेकिङ न्युज: काठमाडौं मेडिकल कलेजको चार तलामाथिबाट हामफालेर एक जनाले गरे आत्महत्या !


kmc

काठमाडौं– ‘मर्निङवाकमा जान्छु’ भन्दै घरबाट निस्किएका ५२ वर्षीय गोपिकृष्ण बस्ताकोटीले काठमाडौं मेडिकल कलेज (केएमसी)को चौंथो तल्लाबाट हामफालेर आत्महत्या गरेका छन् । काठमाडौंको चावहिल स्थायी घर भएका बस्ताकोटी मंगलबार विहान करिब पाँच बजे मर्निङवाकमा निस्कीएका थिए । मोर्निङवाक गर्दै सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज पुगेका बस्ताकोटी चौंथो तलामा जुत्ता खोलेर हाम फालेको प्रहरीले जनाएको छ । 

‘मंगलबार बिहान करिब ६ बजेर पचास मिनेट जाँदा बस्ताकोटी चौथो तलाबाट हाम फालेको देखिन्छ’ महानगरीय प्रहरी वृत गौशालाका डिएसपी नवराज कार्किले भने, ‘बास्ताकोटीको जुत्ता चार तल्लामाथि भेटियो, उनको साथमा ‘कसैको दोष छैन’ भनेर लेखिएको कागजको ठुक्रा भेटिएको छ ।’ चावहिलमा फर्निचर शोरुमसमेत सञ्चालन गर्दै आइका बस्ताकोटीको खुट्टा र छातीमा चोट लागेको छ । उनले लेखेको कागजको टुक्रामा ‘कसैलाई दोष नदिनु, लाश बुझ्नका लाागी यो नम्बरमा फोन गरिदिनु’ भन्दै आफ्ना भाई राजु बस्ताकोटीको नम्बर लेखिएको डिएसपी कार्कीले जानकारी दिए । हामफाल्नासाथ केएमसिको इमर्जेन्सी कक्षमा पुर्याइएपनि बेडमा राख्नासाथ उनको मृत्यु भएको थियो । ‘आत्महत्याको कारण खुल्न सकेको छैन’ डिएसपी कार्किले भने, ‘हामी अनुसन्धान गर्दैछौं ।’ बास्ताकोटीको शव पोष्टमार्टमका लागी टिचिङ हस्पिटल पठाइएको छ ।

Labels: Comedy, Entertainment, Health, News

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved.प्रवासी खबर.com