६ लाखमा बेचिएकी किशोरीको दर्दनाक कथाः बच्चै छु, ‘यस्तो काम नगर्नुस् भन्दा पनि पापीले छोडेनन्…’
काठमाडौं–१८ वर्षको उमेरमा बेचिएकी एक किशोरीले बेचिएको स्थानबाट फर्किएर जिल्ला प्रहरी कार्यालय काभ्रेमा सोमबार उजुरी दिएकी छिन् ।
‘प्लस टु अध्ययन गर्दागर्दै बेरोजगारीका कारण आफन्तलाई काम खोजिदिनु भनेको थिएँ, विदेश पठाइदिन्छु भन्दै भारतमा लगि बिक्री गरेछन्,’ बेचिएकी ती युवतीले भनिन् ।
काभ्रे पाँचखाल नगरपालिका–११ तत्कालीन बालुवा गाविस घर भएकी १८ वर्षीया युवतीलाई दलालहरुले २०७१ साल वैशाख २० गते घरबाटै फकाएर दिल्ली पुर्याएका थिए ।
‘आफू बेरोजगार रहेकाले आफन्तहरुलाई जागिर खोजिदिन भनेको थिएँ, जागिर राम्रो छ, कमाई राम्रो छ विदेश जानुपर्छ भन्दै उनीहरुले नै निशुल्क पासपोर्ट बनाइदिए । पीडितले भनिन्, ‘पासपोर्ट बनाएको कुरा घरमा बुबा आमालाई समेत थाहा दिएको थिइनँ ।’ कक्षा ११ को अध्ययन गर्दैगर्दा आफन्त नाता पर्नेले उनलाई ललाईफकाई गरी भारतसम्म पुर्याई बिक्री गरेर फर्किएका थिए ।
भारत हुँदै अबुधावी पुर्याएकी उनलाई घरेलु कामदारको रुपमा एक अरबीको घरमा राखिएको थियो । घरेलु कामदारका रुपमा राखिएकी बालिकालाई घरका मालिकले अभद्र व्यवहारमात्रै गरेनन् दैनिक शारीरिक शोषण गर्न थाले ।
‘बच्चै छु, यस्तो काममा मलाई नलगाउनुस्, म सक्दिँन भन्दा पनि उसले मानेन, युवतीले भनिन्, ‘तँलाई ६ लाख रुपैयाँमा किनेर ल्याएको पूजा गर्न होर ?’ खान लगाउन समेत नदिइकन एकोहोरो शोषण मात्रै गरेपछि बालिकाले भाग्ने प्रयास गरिन तर सफल भइनन् ।
आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ ।
करिब एक महिनापछि राति घरमा कोही नभएको मौका छोपी उनी अरबीको घरबाट त भागिन् तर जाने ठाउँ कहीँ भएन । २०७१ असोजमा नेपाली दूतावासको शरणमा पुगेकी उनलाई सिन्धुपाल्चोक समाजले सहयोग रकम संकलन गरेर पठाएपछि २०१४ डिसेम्बर १९ मा उनी बल्ल नेपाल फर्कन सफल भइन् ।

0 comments
Write Down Your Responses