एकाइसौ शादब्दिमा पनि छोराले माथिल्लो जातको केटीसँग बिहे गर्दा बाबुलाई जुत्ताको माला !
तस्बिर हास्य टेली श्रीङ्खला हर्के हल्दार बाट साभार गरिएको
काठमाडौं–छोराले अन्तरजातीय प्रेम विवाह गरेको आरोपमा गाउँका मुखिया (पूर्वगाविस अध्यक्ष) र अगुवाहरूले बाबुलाई जुत्ताको माला लगाएर गाउँ परिक्रमा गराएका छन् । वीरगन्ज उपमहानगरपालिका २१ भवानीपुरका ६४ वर्षीया शिवपुजन शाह तेलीलाई बुधबार गाउँका मुखिया र अगुवाले घाँटीमा जुत्ताको माला लगाएर गाउँ परिक्रमा गराएका हुन् ।
शवपुजनका कान्छा छोरा अर्जुनले गाउँकै राजेश पटेलकी छोरी रवीना कुमारीसँग असार १ गते प्रेम विवाह गरेका थिए । असार १ गते घरबाट भागेर दुबैले प्रेम विवाह गरेपछि बुधबार बिहान गाउँमा पञ्चायती (सर्वपक्षीय छलफल) भएको छ ।
पञ्चायतीमा सहभागी गाउँका मुखीया र अगुवाले माथिल्लो जातको केटीसँग बिहे गरेको भन्दै अर्जुनका बुबालाई जुत्ताको माला लगाएर गाउँ परिक्रमा गराउने निर्णय गरे । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

0 comments
Write Down Your Responses