• HOME
  • NEWS
  • INTERNATIONAL
  • ENTERTAINMENT
  • WORLD
  • HEALTH
  • SPORTS
  • VIDEOS
    • DOHORI
    • COMEDY
    • TAMANG
    • SHORT MOVIE
    • FILM
  • PRABASH
  • ENGLISH
Comedy, Entertainment, Health » नाबालिका बलात्कार गरी गर्भवती बनाएको अभियोगमा ७२ वर्षे हिन्दु मन्दिरको पुजारी यसरी पक्राउ
नाबालिका बलात्कार गरी गर्भवती बनाएको अभियोगमा ७२ वर्षे हिन्दु मन्दिरको पुजारी यसरी पक्राउ


पर्सा –नाबालिका बलात्कारको अभियोगमा प्रहरीले एक जना ७२ वर्षीय पुजारीलाई पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको छ ।

पर्साको जगरनाथपुर गाविसमा रहेको हनुमान मन्दिरमा पुजारी रहेका ७२ वर्षीय रामदेव दासलाई १४ वर्षीया नाबालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको जनाएको छ ।

मन्दिरमा भात पकाउने काम गर्दै आएकी नाबालिकालाई विभिन्न प्रलोभनमा पारी पुजारीले बलात्कार गरेको र उनका अभिभावकले दिएको उजुरीका आधारमा रामदेवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठले जानकारी दिए । पुजारी दासले बालिकालाई लामो समयदेखि गर्दै आएको यौन उत्पीडनबाट उनी गर्भवती समेत भएको स्वास्थ्य परीक्षणबाट देखिएको उपरीक्षक श्रेष्ठले बताए ।

बालिकाको स्वास्थ्य परीक्षण वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा गराइएको र परीक्षण रिपोर्ट आएपछि थप जानकारी दिन सकिने उपरीक्षक श्रेष्ठले जानकारी दिए । अभिभावकले उजुरी दर्ता गराएपछि पुजारी दास लुक्दै आएकामा उनलाई दुई दिन अगाडि जगरनाथपुरबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

Labels: Comedy, Entertainment, Health

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved.प्रवासी खबर.com