• HOME
  • NEWS
  • INTERNATIONAL
  • ENTERTAINMENT
  • WORLD
  • HEALTH
  • SPORTS
  • VIDEOS
    • DOHORI
    • COMEDY
    • TAMANG
    • SHORT MOVIE
    • FILM
  • PRABASH
  • ENGLISH
Health, News, Prabash » काबुलमा मारिएका जीतेन्द्रका दुई श्रीमती पैसाको लागि यसरी शव तानातान
काबुलमा मारिएका जीतेन्द्रका दुई श्रीमती पैसाको लागि यसरी शव तानातान

काठमाडौं, ७ असार – अफगानिस्तानको काबुलमा मारिएका रुपन्देही बुटवलका जीतेन्द्रसिंह थापाको शव काठमाडौ आउन पाउँदा–नपाउँदै शव कसले बुझ्ने भन्नेमा विमानस्थलमा विवाद देखिएको छ । जीतेन्द्रको शव बुझ्न जितेन्द्रकी पहिलो श्रीमती र आफन्त पनि एयरपोर्ट आएपछि चार महिनाको दुधे बालक बोकेर एयरपोर्ट पुगेकी कान्छी श्रीमती सञ्चिता तनाब  र अलमलमा परेकी छन् । 

airport (8)
जीतेन्द्र/सञ्चिताको चार महिने बच्चाको साथमा सञ्चिताकी दिदी

धर्म परिवर्तन गरेका कारण जेठी श्रीमती गौमती थापासँग सम्बन्ध विच्छेद गरेका जीतेन्द्रले २०७१ फागुनमा महोत्तरीकी सञ्चितासंग काठमाडौंमा बाजा बजाएर बिहे गरेका थिए । जितेन्द्रको कान्छी श्रीमतीबाट बच्चा जन्मेपनि विवाह दर्ता भने भएको छैन ।

जीतेन्द्रले बुटवलमा रहेको घर पनि पहिलो श्रीमतीसँग अंशबण्डा गरिसकेका छन् । तर जेठी श्रीमती गौमतीले पनि शवमा दाबी गरेपछि यतिखेर कान्छी तनावमा परेकी छन् । जेठीसँग सम्बन्ध विच्छेद भए पनि जेठीपट्टिका छोरा बिमल थापालाई कान्छी सञ्चिताले खर्च दिएर ब्रिटिस आर्मीमा प्रतिस्पर्धाका लागि तालिम गराइरहेकी छन् ।

जीतेन्द्रका भाईहरु लगायत आफन्त यतिखेर कान्छीको पक्षमा उभिएका छन् । ‘आइतवार राती जीतेन्द्र ज्वार्इँसंग एकघण्टा लामो कुराकानी भएको थियो, कात्तिकमा आएर बिहे दर्ताको कुरा भएको थियो’ संचिताकी दिदी सविता लामाले लोकान्तरसँ भनिन् ।

बिमानस्थलमा जेठी तर्फका छोरा बिमल पनि पुग्दैछन् । कान्छी श्रीमती सञ्चिताकी दिदी सविताले पैसाकै लोभका कारण अंशवण्डा भइसकेकी जेठी श्रीमती शव दाबी गर्न आएको आरोप लगाइन् ।

श्रोत: लोकान्तर

Labels: Health, News, Prabash

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved.प्रवासी खबर.com