• HOME
  • NEWS
  • INTERNATIONAL
  • ENTERTAINMENT
  • WORLD
  • HEALTH
  • SPORTS
  • VIDEOS
    • DOHORI
    • COMEDY
    • TAMANG
    • SHORT MOVIE
    • FILM
  • PRABASH
  • ENGLISH
Comedy, Entertainment, Health, News » यौन सम्बन्ध राख्न नमानेपछि श्रीमानको हत्या,अदालतले सुनायो अनौठो सजाय
यौन सम्बन्ध राख्न नमानेपछि श्रीमानको हत्या,अदालतले सुनायो अनौठो सजाय


Kiran Mazumdar Shaw, Chairman and Managing Director, Biocon Limited, standing outside at Biocon Lab in Bangalore, India.

हामीले श्रीमतीले यौन सम्पर्क राख्न नमान्दा श्रीमानले हत्या गरेको त सुनेकै हो तर, यहाँ यौन सम्पर्क गर्न नमान्दा एक महिलाले आफ्नै श्रीमानको हत्या गरेको अनौठो खबर प्राप्त भएको छ । 

खबर छिमेकी देश भारतको अहमदाबादको हो । दक्षिण एसियालाई पुरुष प्रधान समाज भनेर चिनिन्छ तर, यो घटना हेर्दा यहाँका महिला पुरै बदलिसकेका रहेछन् भन्ने देखाउँछन् ।
यौन सम्पर्क गर्न नमान्दा श्रीमानको हत्या गर्ने महिलालाई अदालतले गज्जबको सजायँ सुनाएको छ । उनलाई दुई हजार जरिवानासहित जन्म कैदको सजायँ सुनाइएको हो ।

सेशंस कोर्टका अडिशनल सेशंस न्यायधिश (जज) यूएम भट्टले विमला वाघेला नामकी ५४ वर्षीय महिलालाई दुई हजार जरिवाना र जन्मकैदको सजायँ सुनाएका हुन् ।

यस्तो थियो घटनाः

स्थानीय प्रहरीको अनुसन्धान रिपोर्ट अनुसार विमला र उनका श्रीमान नरसिंह शारदानगरमा २ नोभेम्बर २०१३ का दिन दिउँसो आफ्नै घरमा एक्लै थिए । त्यही बेला विमलाले आफ्ना श्रीमानसँग यौन सम्पर्क राख्न खोजिन् । तर, नरसिंहले मानेनन् । त्यसपछि रिसाएकी विमलाले श्रीमानसँग झगडा गर्न थालिन् । र श्रीमानमाथि परस्त्रीसँग सल्किएको शंका पनि गर्न थालिन् । लोग्ने स्वास्नीबीच विवाद बढ्दै विमलाले फलामको छडी उठाएर श्रीमानको टाउको हान्न थालिन् । टाउको गम्भीर चोट लागेर नरसिंहको मृत्यु भयो ।

श्रीमानको मृत्युपछि आफ्नो घरमा ताल्चा ठोकेर विमला प्रहरी चौकी पुगेर आफ्नो श्रीमानको हत्या भएको बारे जानकारी गराइन् । उनी प्रहरी चौकीमा उजुरीकर्ता (पीडित) बनिन् । तर, पछि मात्रै पत्ता लाग्यो उनले नै आफ्नै श्रीमानको हत्या गरेकी थिइन् । यो खुलासा भएपछि उनीविरुद्ध मुद्दा दायर गरिएको थियो ।यो मुद्दाको फैसला साढे दुई वर्षपछि मंगलबार अदालतले गरेको हो ।

Labels: Comedy, Entertainment, Health, News

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved.प्रवासी खबर.com