'गाजालु' फिल्मकी हिरोइन सृष्टि श्रेष्ठले म दुई बर्ष बेलायतमा अध्ययन गरेकी हुँ भन्दै पत्रकारलाई यसरी थर्काइन (भिडियो)
सोमबार नारायणगढको इन्द्रदेव हलमा कलाकार र दर्शक सँगै बसेर फिल्म हेर्ने कार्यक्रममा भएको पत्रकार भेटघाटमा फिल्म ‘गाँजालु’ टिमलाई भेट्न जिल्लाका दर्जन बढि पत्रकार हलमा पुगेक थिए। फिल्मका निर्देशक सहित अधिकांश कलाकार उपस्थित रहेकाले पत्रकारसँग अन्तरक्रियात्मक कार्यक्रम राखियो । निर्देशक हेमराज बिसी, हिरो गौरव पहारी, हिरोइन सृष्टि श्रेष्ठ, हिरो सलोन बस्नेतलगायत क्रमैसँग बसेका थिए ।
पत्रकारहरुले फिल्मसम्बन्धि जिज्ञासा राख्दै थिए । निर्देशकले जवाफ दिदै गए । पालो हिरोइनको आयो । हिरोइन लक्षित प्रश्नले कार्यक्रमको माहोल नै स्तब्ध बनायो । पत्रकारले प्रश्न सोधेका थिए कि ‘मिस नेपाल भइसक्नुभएका तपाई त्यहि चर्चा टिकाइराख्न फिल्मतिर आउनुभाको हो ?’ यस्तै आशयको प्रश्न आएपछि सृष्टि एकाएक आक्रोशित भइन् । उनले जवाफ दिन आवश्यक ठानिनन्, उल्टै प्रतिप्रश्न गरिन्- ‘मेरो बारेमा के रिसर्च गर्नभाछ? मेरो बारेमा के थाहा छ ?’
उनले आफ्नो बारेमा बुझेर मात्रै प्रश्न गर्न पनि भनिन् । उनले पत्रकारको प्रश्न सोध्ने शैली नै गलत भएको आरोप लगाइन ।
पत्रकारहरु आसमञ्जस्यमा परे । कतै गलत प्रश्न पो गरियो कि पत्रकारमाझ गाँइगुई चल्यो । तर प्रश्न सामन्य नै थियो । सृष्टि झंगिएपछि पत्रकारले उनलै दोहोरो प्रश्न गर्ने आँट पनि गरेनन् । हिरोइनको बाँयातिर बसेका सलोन टाउको निहुराएर चूप थिए, दाँयातिरका गौरवले पनि मुख खोलेनन् उनी पत्रकारलाई शान्त भइदिन इसारा गर्दै थिए । निर्देशक बिसीले एकनासको मुस्कान छाडिरहे । फिल्मका अरु टीम पनि मौन नै रहे । केहि बेर पछि सृष्टिले आफुलाई सम्हाल्न खोजिन् । पत्रकारले सधै आफुलाई नकरात्मक तवरले प्रश्न गर्ने गरेको बताइन् । उनले आफु रहरले टाइमपासको लागि फिल्म नखेलेको प्रस्ट्याइन् । आफुले दुई बर्ष बेलायतमा अध्ययन गरेको र मण्डलामा अभिनय पनि सिकेको बताइन् । भविष्यमा फिल्ममै स्थापित हुने उनले उल्लेख गरिन् ।
सृष्टिको यो ब्यवहारले भने पत्रकार चिडिए । ‘गाजालु’ हिट भएसँगै हिरोइनमा बढि नै घमण्ड भएको पनि पत्रकारहरुले लख काटे ।
हेर्नुहोस भिडियो श्रोत: पी एन पी खबर

0 comments
Write Down Your Responses