• HOME
  • NEWS
  • INTERNATIONAL
  • ENTERTAINMENT
  • WORLD
  • HEALTH
  • SPORTS
  • VIDEOS
    • DOHORI
    • COMEDY
    • TAMANG
    • SHORT MOVIE
    • FILM
  • PRABASH
  • ENGLISH
Comedy, Entertainment, Health, News » एउटा सिंगै सुँगुर खाँदा ३ जनाको ज्यान गयो
एउटा सिंगै सुँगुर खाँदा ३ जनाको ज्यान गयो

DSC00242
जलेश्वर–महोत्तरी जिल्लाको सहसौला गाविस–६ बस्ने ७० वर्षीय रामवृक्ष मल्लिकले आफ्नो १४ बर्षीय नाति उदय मल्लिकको विवाहको लागि केटी खोजी गरे । १५ दिन पहिला जनकपुराको कुवा रामपुरका मिश्री मल्लिको घरमा केटी हेरे । 

केटा हेर्न रामवृक्षले मिश्रीलाई समय दिए । केटा पक्षले दिएको समय अनुसार केटी पक्ष ( मिश्रि) बिहिबार आफ्ना ५ आफन्त लिएर रामवृक्ष मल्लिकको घर सहसौला आए ।

उनीहरु एक रात सहसौलामा बसे । केटा हेरे । शुक्रबार विहान उनीहरुको लागि भगौतिपुरबाट सुँगुरको मासु मगाइयो । स्थानीय बजारबाट लोकल घरेलु रक्सीको जोरजाम गरियो । रामवृक्षले पाहुनालाई राम्रै स्वागत शत्कार गरे ।

तर, जोडी नमिलेको भन्दै दुवै पक्षबीच विवाहको कुरा फाइनल हुन सकेन । पाहुनाहरु आफ्ना घर तिर लागे ।
रामवृक्षले घरमा आफ्ना अन्य नातेदारलाई पनि बोलाएका थिए । आफ्ना सम्धी औरही ३ निवासी बद्री मल्लिक र छोरी ज्वाई गौशाला नपा ७ का पञ्चा मल्लिकलाई आउन भनेर निम्तो गरेका थिए । सोहि अनुसार सम्धी र ज्वाई पनि सहसौला आएका थिए ।

रामवृक्षले शुक्रबार केटीपक्षका पाहुना पठाए । घरतर्फका पाहुनालाई एक दिन अरु बस्न भने । पाहुनाहरु उनको कुरा मानेर बसेपनि । शुक्रबारको भोलिपल्ट अर्थात हिजो शनिबार रामवृक्षले घरमा बोलाएका आफ्ना पाहुनालाई पनि लोकल रक्सी र सँगुरको मासु खुवाएर घर पठाउन योजना बनाए । घरमा सिलौटामा मसला पिधिंयो । घरमा पालिएको करीब १३ केजीको सँगुर पनि काटियो । फेरी घर छेउकै विर्ता बजारका विनोद चमार (राम)को पसलबाट लोकल रक्सी ल्याइयो ।

रामवृक्ष, उनका छोरा प्रगास(केटा उद्यको वुवा), ज्वाई पञ्चा र सम्धी बद्री शनिबार विहानै देखि खाएर रमाइलो गरे । चारै जना बसेर विहानदेखि रक्सी र मासु खाइरहे ।

रक्सी र मासु यति खाएकी उनीहरु चार जना मध्ये तीन जनाको शनिबार राति मृत्यु भयो । एक जना गम्भिर विरामी भए ।

रामवृक्ष, उनका छोरा प्रगास, ज्वाई पञ्चाको शनिबार राति १२ बजे मृत्यू भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी निरीक्षक रवीन्द्र खनालले बताए । रामवृक्षको सम्धी बद्रीको उपचार रामगोपालपुर स्थित प्राथमिक उपचार केन्द्रमा भइरहेको छ । उनी गम्भिर घाइते भएका छन् ।

मृतक तीनै जनाको शवको पोष्टमार्टमका लागि जिल्ला अस्पताल जलेश्वर ल्याइएको छ । रक्सी पसले विनोद चमार फरार रहेको प्रहरीले जनाएको छ । प्रहरीले विनोदको पसलको ताल्चा तोडेर ल्याब परिक्षणको लागी रक्सीको सेम्पल लिएको छ ।

प्रहरी निरीक्षक रवीन्द्र खानालका अनुसार , मृतक तीन जना, गम्भिर घाइते भएका एक जना गरि चार जनाले १४ लिटर मदिरा सेवन गरेका थिए ।

‘रक्सी धेरै खाएर उनीहरुको मृत्यू भयो की रक्सी नै विषाक्त थियो भन्ने कुरा रक्सी ल्याबमा परिक्षण भएर बाहिर आएपछि मात्र खुल्छ,’ प्रहरी निरीक्षक खानालले भने,‘धेरै खाएरु फुट प्वाइजन भएर पनि उनीहरु विरामी भएर मृत्यू भएको हुन सक्छ । अनुसन्धान हुदैंछ ।’

बर्दिबास—जलेश्वर सडक खण्डको ससौला ६ मा ठूलो कुलोको किनारमा रामवृक्ष र उनको छोरो प्रगास बस्दै आएका थिए । तीन जनाको मृत्यूले घरपरिवारमा रुवाबासी छाएको छ ।

Labels: Comedy, Entertainment, Health, News

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved.प्रवासी खबर.com