• HOME
  • NEWS
  • INTERNATIONAL
  • ENTERTAINMENT
  • WORLD
  • HEALTH
  • SPORTS
  • VIDEOS
    • DOHORI
    • COMEDY
    • TAMANG
    • SHORT MOVIE
    • FILM
  • PRABASH
  • ENGLISH
Comedy, Entertainment, Health, News » फेरी खस्यो भेरी नदीमा बस, एक जनाको घटना स्थलमै मृत्यु र दुई जना गम्भीर घाईते
फेरी खस्यो भेरी नदीमा बस, एक जनाको घटना स्थलमै मृत्यु र दुई जना गम्भीर घाईते


bus-accident

वीरेन्द्रनगर, सल्यानको सल्लीबजार नजिकबाट भेरी नदीमा बस खस्दा एक जनाको मृत्यु भएको छ भने अरु दुई जना गम्भीर घाइते भएका छन् । घाइते भएकाहरुको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको इलाका पहरी कार्यालय कोहलपुरले जनाएको छ ।

बिहान ६ बजे सुर्खेतको धारापानीबाट सल्लीबजार जाँदै गरेको उक्त ना ४ ख ५९,४४ नंको बस भेरी नदीमा खसेको थियो । दुर्घटनामा बसधनी रामबहादुर खड्काको मृत्यु भएको हो । उहाँको उपचारका क्रममा कोहलपुरमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

चालक मिलन रावत र सहचालक उमेशजङ्ग शाह घाइते भएका छन् । बस सडकबाट झन्डै २०० मि तल भेरी नदीमा खसेको प्रहरीले जनाएको छ । बसको ब्रेक फेल भएर दुर्घटना भएको अनुमान छ । रासस

Labels: Comedy, Entertainment, Health, News

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved.प्रवासी खबर.com