• HOME
  • NEWS
  • INTERNATIONAL
  • ENTERTAINMENT
  • WORLD
  • HEALTH
  • SPORTS
  • VIDEOS
    • DOHORI
    • COMEDY
    • TAMANG
    • SHORT MOVIE
    • FILM
  • PRABASH
  • ENGLISH
Comedy, Entertainment, News » मुस्कान सहितको सेवा दिने ट्राफिक प्रहरी जवानको यस्तो चरित्रले सिंगो प्रहरी संगठनमाथि प्रश्न उठ्यो
मुस्कान सहितको सेवा दिने ट्राफिक प्रहरी जवानको यस्तो चरित्रले सिंगो प्रहरी संगठनमाथि प्रश्न उठ्यो


DSC00179

पत्रकार : सर ! तपाईंको ड्युटी हिजो(शुक्रबार) सिन्धुली रोडको सशस्त्र प्रहरी बसेको तीनकुने पार्कमा थियो हैन ? 

ट्राफिक प्रहरी : हो । किन ? 

पत्रकार : हिजो ( शुक्रबार) बिहानको समयमा बिना हेल्मेट सवार मोटरसाइकल चालकलाई कारवाही किन गर्नुभएन ? पछि हेल्मेट नलाएर आउनेलाई कारवाही गरेर पठाउनुभयो । तपाईंको कामकारवाही विभेदपूर्ण देखियो त ? 

ट्राफिक प्रहरी : कारवाही म गर्छु । गर्दिन के मतलब तँलाई  ? म दिनमा एक सयलाई समाउँछु । ५० लाई कारवाही गर्छु । ५० लाई त्यसै छोडछु तँलाई के भयो ? 

पत्रकार : तपाई यसरी नबोल्नुस् । तपाईंले यसरी बोल्न मिल्दैन् । 

ट्राफिक प्रहरी : त्यसो भए मेरो बद्री तैं लगाएर भोलिदेखि ड्युटी गर । 

यी माथिका संवाद कुनै बनावटी वार्तालाप होइन । यो वार्तालाप महोत्तरीको बर्दिबासका एक ट्राफिक प्रहरी र एक जना पत्रकारबीच शनिबार बिहान साँढे ९ बजे भएको वार्तालापको अंश हो । 

बर्दिबास–बर्दिबासस्थित सिन्धुली रोडमा शुक्रबार खटिएको ट्राफिक प्रहरी चन्द्रबहादुर बुढाथोकीले एक जनालाई कारवाही नगरेको र अर्काेलाई त्यसै प्रकृतिको ट्राफिक कानुन मिचेकोमा कारवाहीको लागि पक्रेको गरि दुुई घटनालाई लिएर पत्रकारले प्रहरी जवान बुढाथोकीसँग शनिबार बिहान साँढे ९ बजे सिन्धुली रोडमा गरेको प्रश्न र उनले दिएको उत्तरको अंश हो । 

शुक्रबार बिहान साँढे नौ बजे बर्दिबास–१ का जागेन्द्र श्रेष्ठले बिना हेल्मेट मोटरसाइकल चलाएको ट्राफिक प्रहरी बुढाथोकीले बताए । ट्राफिक नियम उल्लघंन गरेको र कारवाही गर्ने आधार हुदाँहुदै सडकमै खटिएको ट्राफिक प्रहरी बुढाथोकीले कारवाही गरेनन् । पछि मोटरसाइकल चालक श्रेष्ठ त्यहाँबाट हिँडिहाले । 

एकै छिनमा बर्दिबास–१० माइस्थानका रामबहादुर रानापनि मोटरसाइकलमा सोही ठाउँमा आए । उनी सवार रहेको मोटरसाइकल चालकले हेल्मेट लगाएका भने थिए । उनको साथमा कागजपत्र थिएन । ट्राफिक प्रहरी बुढाथोकीले राना सवार मोटरसाइकललाई समातेर कारवाहीको लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दिबासमा पठाए । यी दुवै घटनालाई माओवादी केन्द्र महोत्तरी जिल्ला नेता शंकर महतोले नजिकबाट नियालेका हुन् । 

पत्रकारले बुझ्न बोज्दा ट्राफिक प्रहरी बुढाथोकीले गालीगलौज शैली प्रयोग गरे । पछि यो घटनाको सम्बन्धमा बुझ्न पत्रकार शनिबार बिहानै जिल्ला ट्राफिक प्रहरी कार्यालयमै पुगे । 

जिल्ला ट्राफिक प्रहरीका असई होमबहादुर भित्रिकोटीले ट्राफिक प्रहरी बुढाथोकीलाई बोलाएर सोधे । बुढाथोकीलाई असई भित्रिकोटीले सोधपुछका लागि बोलाएर यसबारे सोधेका थिउ । बुढाथोकीले आफूले रोकेको तर, मोटरसाइकल चालक भागेको जवाफ दिए ।

जबकि ट्राफिक प्रहरी बुढाथोकी मोटरसाइकल चालक जागेन्द्र श्रेष्ठकै आँखा अगाडि थिए । यदि श्रेष्ठले चकमा दिएर भागेको थियो भने, ट्राफिक प्रहरीले समाएर किन कारवाही गरेन । यो अहिलेको बहसको बिषय भनेको प्रत्यक्षदर्शीहरु बताउँछन् । 

ट्राफिक कानुन कार्यान्वय गराउने ट्राफिक प्रहरी बुढाथोकीको लापरवाहीले सिंगो जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दिबासमाथि औंला उठेको छ । पत्रकारले घटनाबारे सोध्दा ट्राफिक प्रहरी बुढाथोकीले सडकदेखि लिएर कार्यालयसम्म लकारेका छन् । उनले असई भित्रिकोटीकै अगाडी पत्रकारमाथि जाइ पनि लागेका थिए । 

माओवादी केन्द्रका नेता शंकर महतोले कानुन सबैको लागि बराबर हो । कानुन मिच्ने जो कोहीलाई कारवाही गरिनु पर्छ । तर यहाँ एउटालाई छाँडने र अर्कोलाई कारवाही गर्ने ट्राफिक प्रहरीनै द्वयचरित्रको देखियो । ट्राफिक प्रहरी बुढाथोकीको यो कामले सिंगो महोत्तरी जिल्ला ट्राफिक प्रहरीलाई बदनाम बनाउँछ । 

मुस्कानसहितको प्रहरी सेवा भन्नेबारे ट्राफिक प्रहरी बुढाथोकीलाई रतिभर थाहा छैन । किन भने उनको पब्लिकसँगको संवाद गालीगलौज र धम्कीपूर्ण शैलीको छ । यसैले पुष्टि हुन्छ, बुढाथोकी प्रहरीको चेनअफ कमान्डभन्दा बाहिर छ । जुन प्रहरी संगठको लागि भने राम्रो होइन । 

Labels: Comedy, Entertainment, News

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved.प्रवासी खबर.com