• HOME
  • NEWS
  • INTERNATIONAL
  • ENTERTAINMENT
  • WORLD
  • HEALTH
  • SPORTS
  • VIDEOS
    • DOHORI
    • COMEDY
    • TAMANG
    • SHORT MOVIE
    • FILM
  • PRABASH
  • ENGLISH
International, News, Prabash » मलेसियामा ज्यान गुमाउने नेपालीमध्ये ७० प्रतिशतलाई हृदयघात भएको पुष्टि
मलेसियामा ज्यान गुमाउने नेपालीमध्ये ७० प्रतिशतलाई हृदयघात भएको पुष्टि


Malaysia

३१ जेठ, काठमाडौं । मलेसियामा ज्यान गुमाएका नेपालीहरु मध्ये झण्डै ७० प्रतिशतलाई हृदयघात भएको पाइएको छ । गत वर्ष ४ सय ६१ जनाको मृत्यु भएको रिपोर्ट आएको नेपाली दूतावासले जनाएको छ । र, ७० प्रतिशतको मृत्युको कारण हृदयघात भएको नेपाली राजदूत डा. निरञ्जनमान सिंह बस्न्यातले बताए । 

उनका अनुसार लामो समयसम्म काम गर्ने, विशेष गरेर तातो घाममा काम गरेकाले हृदयघात हुने गरेको छ । ३० प्रतिशतको मृत्यु भने कार्यक्षेत्रमा हुने दुर्घटना, अत्यधिक मदिरा सेवन र आत्महत्याका कारण हुने गरेको छ । राजदूत बस्न्यातका अनुसार सन् २००५ देखि अहिलेसम्म (१० वर्षमा) २ हजार ९४५ जना नेपाली कामदारको मृत्यु भएको छ । 

‘नेपालीहरु विदेश आएर कडा श्रम गर्छन्, आफ्नो स्वास्थ्यको ख्याल गर्दैनन्,’ नेपाली राजदूत बस्न्यातले द स्टारसँग भनेका छन् । नेपालीहरुको मृत्युको अर्को कारण अत्यधिक मात्रामा मदिरा सेवन पनि रहेको छ । केहीले भने तनाव र मानसिक समस्याका कारण आत्महत्या गर्ने गरेका छन् । भनेको जस्तो पैसा कमाउन नसक्दा र विदेश जाने बेला लिएको ऋण तिर्न नसक्दा धेरै नेपाली मानसिक तनावमा पर्ने गरेको पाइएको छ । मलेसियामा ८ लाख नेपाली कामदार रहेको अनुमान छ ।

Labels: International, News, Prabash

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved.प्रवासी खबर.com