जर्मनीका फोहोरी प्रशिक्षकले कट्टु भित्र हात हालेर यसरी सुँगे पछी हेर्नुहोस (भिडियो सहित)
पेरिस – जोआचिम लो अन्तर्राष्ट्रिय फुटबलमा सफल प्रशिक्षकमध्ये एक हुन् । जमर्नीका यी प्रशिक्षक स्टाइलको मामिलामा पनि त्यति नै चर्चित छन् ।
तर, विश्व विजेता यी प्रशिक्षकले कहिलेकाँही मैदानमा यस्ता हर्कत गर्छन् जसको कुनै उत्तर नै हुँदैन ।
आइतबार राती युक्रेन विरुद्धको खेलमा लो ले यस्तै हर्कत गरे जसको आज समाजिक सञ्जालमा निकै चर्चा भइरहेको छ ।
भाइरल बनिरहेको भिडियोमा लो ले विस्तारै आफ्नो पाइन्टभित्र हात हाल्छन् र केही बेरपछि नाकमा पुर्याएर सुघ्न थाल्छन् । सायद त्यही भएर हिजोको खेलमा क्यामारा उनीतर्फ सोझिएका थिए ।
स्टाइलिस र सफलको साथै लोले अर्को उपाधि पनि पाएका छन्, फोहोरी प्रशिक्षकको ।

0 comments
Write Down Your Responses