• HOME
  • NEWS
  • INTERNATIONAL
  • ENTERTAINMENT
  • WORLD
  • HEALTH
  • SPORTS
  • VIDEOS
    • DOHORI
    • COMEDY
    • TAMANG
    • SHORT MOVIE
    • FILM
  • PRABASH
  • ENGLISH
Comedy, Entertainment, Health, News » राजधानीकै नाम चलेका टिचिङ हस्पिटलको लापरवाहीले यसरी गयो आमा र बच्चाको ज्यान !
राजधानीकै नाम चलेका टिचिङ हस्पिटलको लापरवाहीले यसरी गयो आमा र बच्चाको ज्यान !

mi-na
काठमाडौं – टिचिङ अस्पतालको लापरवाहीले मेरी श्रीमती र बच्चाको ज्यान गएको छ । मेरी श्रीमती मीना गर्भवती भएपछि हामीले शुरुदेखी अन्तिम पटकसम्म टिचिङ अस्पतालकै श्वास्थ्यकर्मी डा. नितु प्रधानसँग परामर्श गरिरहेका थियौं । अघिल्लो दिनसम्म सबै अवस्था ठिक थियो । डेलिभरीको लागि अस्पताल भर्ना हुनु भन्दा अगाडि पनि बच्चाको भिडियोएक्सरे गरेको थिएँ । बच्चाको मुटुको धड्कन पनि राम्रो थियो । 

जेठ १३ गते बेलुकी ५ बजे अस्पतालमा भर्ना गरेको हो । १४ गते बच्चा नर्मल डेलीभरीमै जन्मेको हो । बच्चा जन्मेपछि रोएको आवाज सुनेको नजिकको वेडका बिरामीले मलाई बताएका थिए । कतिवेला बच्चा हेर्न पाइएला भनेर लेवर रुमको ढोकैमा कुरेर बसेको मलाइ बच्चा जन्मेको २ घन्टापछि मात्र मृत्यु भइसकेको बच्चा लिएर दिएका थिए । अघिल्लो दिनसम्म मुटुको चाल राम्रो थियो । तर जन्मिएपछि एक्कासी बच्चाको मुटुको धड्कन नै थिएन भन्ने आरोप लगाए । 

३१ वर्षको उमेरमा पहिलो बच्चा जन्माउन लागेका हामी दम्पत्ति बच्चा आउने दिनको प्रतिक्षामा थियौं । तर यो दिन मेरो जीवनमा कहिल्यै बिर्सिन नसकिने घाउ बनेर आइपुग्यो । बच्चाको डेथ भइसकेपछाडी सुत्केरी भएको २ घन्टा पछि मात्र आमाको अवस्था पनि नाजुक छ छिटै औषधी र रगतको व्यबस्था गर्नुस भनेर अस्पतालले खवर गरेको थियो । बच्चालाइ गुमाउनु परेपनि आमालाइ सकेसम्म बचाउनुपर्छ भनेर हामी सबै दौडधुपमा लाग्यौं । उनको रगत बगिरहेको रहेछ । तर हामीलाइ २ घन्टापछि मात्र थाहा दिइयो । जवकी सुत्केरी हुने बेलामा पहिल्यै रगत पनि चाहिन सक्छ रगतको जोहो गर्नु भनेर भन्ने चलन हुन्छ तर हामीलाई सब नर्मल छ भनेर भनिएको थियो । 

लेवररुम प्रशासनले सुत्केरी हुनासाथ नै खवर नगरेर किन २ घन्टापछि मात्र खवर गर्यो यसमा हामीलाइ गम्भिर आशंका छ । मिनाको नियमित चेकअप गरिरहेकी डा. निलम प्रधानकै नेतृत्वको टिमले उनको डेलीभरी गराएको हो । तर सिकारु टिमले डेलिभरी गराएको हुनाले उनको डेलिभरी प्रकृयामै लापरवाही भएको हो । अस्पतालले हामीलाइ यहीं कारणले आमा र बच्चाको ज्यान गएको हो भनेर चित्तबुझ्दो जवाफ दिन सकेको छैन । रगत निरन्तर बगिरहेको हुनाले पाठेघर नै फालेपछि रगत थामिन्छ कि भनी १० घन्टा जति पछि अप्रेशन गरेर उनको पाठेघर पनि फालिएको थियो । फेरी पनि उनलाइ रगत बग्न रोकिएन । आइसियूको भेन्टिलेटरमा राखेर १७ दिन उपचार गर्दा पनि उनलाइ बचाउन सकिएन । 

राम्रो उपचार सुबिधाको लागि बेलैमा अस्पताल आउँदा पनि मैले मेरो श्रीमती र बच्चालाइ सकुशल भर फर्काउन सकिन । अस्पतालको लापरवाहीकै कारण आज मैले मेरो परिवार र बच्चा गुमाउन पुगेँ । अव न्यायको लागि प्रशासनको ढोका ढक्ढकाउँछु । मैले जस्तो दुःख अरु कसैले भोग्नु नपरोस भन्नको लागि पनि मैले अस्पतालका दोषीहरुलाइ कार्वाहीको दायरामा ल्याउनैपर्छ । मेरी श्रीमतीको केशमा अस्पतालले कि चित्तबुझ्दो जवाफ दिनुपर्छ कि गल्ती गरेपछि सजायँको भागीदार हुनुपर्छ । 

(मीनाका श्रीमान राजन पाठकसँगको कुराकानीमा आधारित) रातो पाटी बाट साभार गरिएको 

Labels: Comedy, Entertainment, Health, News

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved.प्रवासी खबर.com