• HOME
  • NEWS
  • INTERNATIONAL
  • ENTERTAINMENT
  • WORLD
  • HEALTH
  • SPORTS
  • VIDEOS
    • DOHORI
    • COMEDY
    • TAMANG
    • SHORT MOVIE
    • FILM
  • PRABASH
  • ENGLISH
Comedy, Entertainment, News » फेरी पनि पर्यो पूर्व राजा ज्ञानेन्द्रको नाममा उजुरी, अब कुनै पनि हालतमा नउम्किने !
फेरी पनि पर्यो पूर्व राजा ज्ञानेन्द्रको नाममा उजुरी, अब कुनै पनि हालतमा नउम्किने !


gyanendra nuwakot (13)

काठमाडौं – युद्धकालमा सैनिक शिबिरभित्र २७ महिना कठोर यातना झेलेका र जेल तथा हिरासतमा गरी ९ महिना कठोर बन्दी जीवन बिताएका कृष्ण केसीले १० बर्षे जनयुद्धकालभरी सरकारको नेतृत्व गरेका राजा ज्ञानेन्द्रदेखि सबै प्रधानमन्त्रीहरुलाई कार्वाहीको माग गर्दै उजुरी दर्ता गरेका छन् । सत्य निरुपण तथा मेलमिलाप आयोगको कार्यालय ववरमहलमा आयोगका अध्यक्ष सुर्यकिरण गुरुङलाई उजुरी वुझाउँदै उनले घटनाको सत्यतथ्य छानबिन गरी पीडितलाइ न्याय र पीडकलाई कार्वाहीको माग गर्दै उजुरी हालेका हुन् । 

केसीले उजुरी पत्रमा लेखेका छन्, ‘युद्धकालमा सैनिक शिबिर भित्रको मानव बधशालामा कठोर यातना पाएको परिणाम जीवन भर शारीरिक र मानसिक रुपले भोग्नुपरे पनि मैले तत्कालिन श्री ५ को सरकारको आदेश पालना गर्ने र तत्कालिन महाराजाधिराजको हुकुम शिरोपर गर्ने शाही नेपाली सेना, सशस्त्र प्रहरी, प्रहरी र गुप्तचरका अफिसरहरुलाई मुख्य दोषी ठान्दिन । किनभने उनीहरुले केवल आदेशको शिरोपर गरेका मात्र हुन् । त्यसैले योे कठोर सत्यलाइ मनन गर्दै एकपटक फेरी जीउज्यानकै वाजी लगाएर त्यो वेलाका राज्य सञ्चालकको बिरुद्धमा यो सार्वजनिक उजुरी दर्ज गरेको छु । मृत्युको मुखवाट निक्लिएको यो जिउँदो लाश, मानव बधशालाबाट मुक्त भएको यो मेरो नाफाको जीन्दगी नयाँ नेपाल, समृद्ध नेपालमा समर्पित गर्ने संकल्प गर्दै मानव अधिकारको गम्भिर उल्लंघन गर्ने तत्कालिन प्रधानमन्त्रीहरुको नेतृत्वमा र तत्कालिन राजाको नेतृत्वमा बनेको सरकारको बिरुद्धमा उजुरी दर्ता गरेको छु । 

क-कसलाइ हाले उजुरी ? 

२०५२ भदौ २७ गते तत्कालिन प्रम शेरवहादुर देउवाको नेतृत्वमा बनेको सरकार, २०५३ फाल्गुण २९ गते तत्कालिन प्रम लोकेन्द्रबहादुर चन्दको नेतृत्वमा बनेको श्री ५ को सरकार, २०५४ असोज २१ गते सुर्यबहादुर थापाको नेतृत्वमा बनेको सरकार, ०५५ बैशाख २ गते शेरबहादुर देउवाको नेतृत्वमा बनेको सरकार,०५६ जेठ १७ गते कृष्णप्रसाद भट्टराइको नेतृत्वमा बनेको सरकार,०५६ चैत ८ गते गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा बनेको सरकार, ०५८ चैत ११ मा शेरबहादुर देउवाको नेतृत्वमा बनेको सरकार,०५८ असोज १८ गते ज्ञानेन्द्र बिरबिक्रम शाहदेवको नेतृत्वमा बनेको सरकार, ०५८असोज २५ गते लोकेन्द्र बहादुर चन्दको नेतृत्वमा बनेको सरकार,०६० जेठ २१ गते सुर्य बहादुर थापाको नेतृत्वमा बनेको सरकार,०६१ जेठ २१ गते शेरबहादुर देउवाको नेतृत्वमा बनेको सरकार र तत्कालिन प्रधानमन्त्री शेरवहादुर देउवालाइ अपदस्त गरी सम्पुर्ण अधिकार आफ्नो हातमा लिइ ०६१ माघ १९ गतेदेखी राजा श्री ५ ज्ञानेन्द्रबीरबिक्रम शाहको नेतृत्वमा बनेको सरकार । 

यसवारेमा छानविन गर्न र प्रमाणहरु जुटाएर निर्णय गर्न सजिलो होस भनि केसीले उजुरी पत्रको साथमा संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तको कार्यालय, नेपालले सार्वजनिक गरेको काठमाडौं महाराजगञ्जस्थित नेपाली सेनाको व्यारेकमा भएको स्वेच्छाचारी थुना, यातना, र बेपत्ता सम्बन्धी प्रतिवेदन,राष्ट्रिय मानवअधिकार आयोगले प्रधानमन्त्री तथा मन्त्रीपरिषदलाई निर्णय कार्यान्वयका लागि गरिएको सिफारिश पत्र, सर्बोच्च अदालतमा परेका उजुरी र अदालतद्धारा सरकार र सेनालाइ सुनाइएक फैसलाहरु,त्यतिवेला पत्रपत्रिकामा प्रकाशित समाचार, बिज्ञप्ती र बेपत्ता बनिरहेको वेला यातना गृहवाट गोप्य रुपमा सम्वन्धित व्यक्ति र संस्थाहरुमा पठाईएका पत्रहरु प्रमाणको रुपमा पेश गरेका छन् । त्यसैगरी बेपत्ता र बन्दी बनाइएको समयमा आधारित रहेर उनी आफैले लेखेका कितावहरु पनि प्रमाण स्वरुप पेश गरेका छन् । 

गिरफ्तारी र यातनाबारे 

ललितपुर उपमहानगरपालिका वडा नं. ९ बालकुमारी र काठमाडौं वडा नं. ३५ फुलवारी टोलको मनोहरा झोलुङ्गे पुलबाट २०६० भदौ २७ गते केसी पक्राउ परेका थिए । पक्राउ परे लगत्तै उनलाइ भैरवनाथ गण, युद्ध भैरव गण भित्रको मानव बधशाला, छाउनी व्यारेक, लगायत काठमाडौं उपत्यकामा रहेका अन्य सैनिक व्यारेक र गोरखाको दि फेमश महेन्द्र दल गणमा ८१० दिनसम्म बेपत्ता बनाइएको थियो । ‘द्वन्द्वकालमा मानव बधशालाभित्र २७ महिनासम्म पाता फर्काएर, हातखुट्टामा नेल सिक्रीले बाँधेर, टाउकोमा कालो मुकुण्डो झुण्ड्याएर। नाङ्गो शरीर यातनाकुण्डमा सडाएर, रगतको आहालमा डुवाएर, महिला बन्दीलाइ निर्वस्त्र पारेर बलात्कार गरिएको, राइफल र मेशिनगन टाउकोमा सोझाइएको र आत्मसर्मपण गरेर राजा मान्छस् कि मर्छस् भनेर अन्तिम उर्दी जारी गरिएको त्यो बर्बर कहानी शब्दमा बर्णन गर्न संकिदैन’—केसीले आयोगमा बुझाएको उजुरी पत्रमा लेखेका छन् । 

आइतवार बिहान ९ वजे बबरमहल स्थित आयोगमा सञ्चारकर्मीसँग बोल्दै उनले समाजको मुक्ति र परिवर्तनको लागि ज्यान गुमाउने हज्जारौं शहीद र मातृभूमिको रक्षाको लागि मार्न र मर्न कटिबद्ध शुरबीर सुरक्षाकर्मीहरुको स्मृति र सम्मानमा चर्चित नख्खु जेल र हनुमानढोका हिरासतलाइ ऐतिहासिक संग्रहालय बनाउने र द्धन्द्धकालिन समयमा मानव बधशालाको रुपमा प्रख्यात भैरवनाथ गण जसलाइ युद्धभैरव गण भनेर पनि चिनिन्छ । त्यहाँ रहेको चन्द्र शम्शेरको दरवारलाई युद्ध संग्रहालय बनाउने प्रस्ताव गरेका छन् । गणतन्त्र ल्याउनको लागि लड्ने र राजतन्त्र जोगाउनको लागि लडेका दुवै पक्षका सेनाहरुको उच्च कदर गर्दै भावि पुस्ताको लागि एउटा अध्धयनको थलो बनाउन यी दुइ ठाँउलाइ संग्रहालय बनाउने पहल गर्न आयोगका पदाधिकारीसँग बिशेष अनुरोध गरेका छन् ।

Labels: Comedy, Entertainment, News

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved.प्रवासी खबर.com