विद्वानको सभामा अनपढ शोभा नहुने प्रतिक्रिया दिने ओलीले भने–नयाँ शक्तिले एमालेबाहेक अरु सबै पार्टीलाई धक्का दिन सक्छ
काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ शक्ति नेपालमा एमाले बाहेक सबै पार्टीलाई धक्का दिन सक्ने क्षमता भएको बताएका छन् ।
नयाँ शक्ति नेपालको पार्टी घोषणा सभालाई आइतबार राजधानीको दशरथ रंगशालामा सम्बोधन गर्दै ओलीले भने भने, ‘ बन्दै गरेको पार्टीले के गर्छ अहिले नै भन्न सकिँदैन तर नयाँ शक्तिले एमाले बाहेक अरु सबै पार्टीलाई धक्का दिन सक्छ ।’
उनले नयाँ शक्तिले नेपाली समाजमा राष्ट्रिय एकता, स्वाभिमान , आर्थिक उन्नती तथा प्रगतिमा सकारात्मक भूमिका खेल्ने विस्वास समेत व्यक्त गरे ।
प्रधानमन्त्री ओलीले लोकतान्त्रिक प्रक्रियाबाट संविधान ल्याइएको अधिकारको संस्थागत गरिसकिएको भन्दै संविधानअनुसार सबै राजनीतिक दलकहरु अघि बढ्नुपर्नेमा जोड दिए ।
संविधानमा भएको व्यवस्थाअनुसार त्यसका संरचनाहरुको पूर्णता दिनु नै अहिलेको आवश्यकता हो भन्दै प्रधानमन्त्रीले भने, ‘संरचनाहरुको पूर्णतापछि विकासमा लाग्नुपर्छ । नेपाल जस्तो देश गरीब हुन सक्दैन ।’
उनले देशमा धेरै पार्टी भएको तर आर्थिक समृद्धि गर्न सक्ने खालको पार्टी चाहिएको पनि सो अवसरमा बताए ।
उनले संविधानले सबैप्रति समान व्यवहार गरेको भन्दै यति हुँदाहुँदै पनि केहि अुन्तुष्टि भए वार्तामार्फत समस्याको समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताए ।
उनले आन्दोलनरत पक्षलाई वार्तामा आउन समेत आग्रह गरे ।

0 comments
Write Down Your Responses