• HOME
  • NEWS
  • INTERNATIONAL
  • ENTERTAINMENT
  • WORLD
  • HEALTH
  • SPORTS
  • VIDEOS
    • DOHORI
    • COMEDY
    • TAMANG
    • SHORT MOVIE
    • FILM
  • PRABASH
  • ENGLISH
Comedy, Entertainment, News » प्रचण्ड र ओलीका कार्यकर्ताहरु लाई 'नयाँ शक्ति' का करिश्माले दिए यस्तो कडा प्रतिक्रिया
प्रचण्ड र ओलीका कार्यकर्ताहरु लाई 'नयाँ शक्ति' का करिश्माले दिए यस्तो कडा प्रतिक्रिया

Karishma Manandhar
काठमाडौं, ८ असार । सदावहार नायिका तथा नयाँ शक्तिकी नेतृ करिष्मा मानन्धरले आफ्नो आलोचकहरुलाई मनछुन जवाफ दिएकी छन् ।

बुधबार बिहान सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उनले विद्वता छाँट्ने विद्वानहरु राजनीतिमा नआएकोले आफू राजनीतिमा आएको बताएकी छन् ।

‘म भन्न चाहन्छु, तपाईहरु जस्तो ज्ञान भएका विद्वानहरु राजनीतिमा आइदिनु भएको भए यो देश उहिल्यै बनिसक्थ्यो,’ उनले अगाडि लेखेकी छन्, ‘र करिष्मा मानन्धर जस्तो अल्पज्ञानीहरुले देश बनाउँछु भनेर अघि सर्नुपर्दैन थियो । यो मेरो लागि सौभाग्य भए पनि यो देशको लागि दुर्भाग्य हो ।’

उनले आलोचकहरुलाई भनेकी छन्, ‘मसँग तपाईहरुसँग भएको डिग्री त छैन होला तर तपाईहरुँसग म सित भएको देशको फिक्री छैन…’


यस्तो छ उनको स्ट्याटस

केही लेख्न मन लाग्यो
यहाँ धेरै विद्वानहरु छन् । तर ती वर्गहरु त्यतिबेला सक्रिय हुन्छन् जब यहाँ कसैले गल्ती गर्छ या उनीहरुले कसैको कमजोरी पत्ता लगाउँछन् । नयाँ शक्ति नेपालको घोषणासभा पनि सबैको चासोको विषय बनिरह्यो । त्यस समारोहमा मबाट केही गल्तीकमजोरीहरु भए । अनि ममा अरु पनि धेरै कमजोरीहरु होलान् र छन् । मैले नजानेका अझै थुप्रै कुराहर होलान् …

अनि
न राजनीति मेरो पृष्ठभूमि हो
न राजनीति मेरो चासोको बिषय रह्यो
न राजनीतिमा सक्रियरुपमा आवद्ध भएर अगाडि बढ्ने कुनै दिन कल्पना गरेको थिएँ

र, आज पनि मेरो जीवन रहेसम्म एउटा कलाकारकै रुपमा सजिएर रेड कार्पेटमा टक टक टक टक हिंड्न चाहन्थेँ होला र बिहानको चियाको चुस्कीसँगै अनलाइन र पत्रपत्रिकामा आफ्ना फोटोहरु हेर्न चाहन्थेँ होला । त्यही मैले जानेको र चाहेको चिज थियो ।

मलाई कसले राजनीतिमा ल्यायो ?
म किन राजनीतिमा आएँ ?
ती मानिसहरु जसको जिम्मामा राजनीति नै थियो, उनीहरुले के गरे ?
अनि अर्को एउटा समूह जो विद्वान छन्, ती विद्वानहरु जो लामा लामा लेख लेखेर आफ्ना विज्ञता दर्शाउँछन् र यहाँका हरेक क्षेत्रका कुना कुनाका हिसाब किताब राखेर बसेका छन्, उनीहरुलाई देश कसरी डुबेको भन्ने पनि थाहा छ । अनि देशलाई कसरी उतार्ने भन्ने पनि थाहा छ तर ती विद्वानहरु गर्छन् के भने यसैगरी पत्रपत्रिकामा आफ्ना ज्ञानका भण्डार ओकल्छन् र फेसबुक र ट्वीटरमा पण्डित्याईं गर्छन् । अनि देश उस्ताको उस्तै ।

म भन्न चाहन्छु, तपाईहरु जस्तो ज्ञान भएका विद्वानहरु राजनीतिमा आइदिनु भएको भए यो देश उहिल्यै बनिसक्थ्यो । र करिष्मा मानन्धर जस्तो अल्पज्ञानीहरुले देश बनाउँछु भनेर अघि सर्नुपर्दैन थियो । यो मेरो लागि सौभाग्य भए पनि यो देशको लागि दुर्भाग्य हो ।

पर्खिरहनु होस्, लामा लामा आर्टिकल लेख्दै गर्नोस् । गालीगलौजले सामाजिक सञ्जालका भित्ता रंग्याउँदै गर्नोस् । कुनै दिन जनताको मन र मत जितेर यो देशको विकासमा ठूलो योगदान दिनेछु । त्यो दिन धेरै टाढा छैन र त्यो दिन के भनेर उडाउने के भनेर आलोचना गर्ने, तयारी आजैबाट सुरु गर्नुहोला । मेरो जीवन कालमा धेरै डिग्री भएका मानिस भेटेको छु । यस्तो मानिसको न देशमा कमी छ न विदेशमा । कसै कसैसँग त ट्रिपल डिग्री पनि छ तर माफ गर्नुहोला, त्यसको फाइदाको शब्द यो समाजले चाख्न पाएन ।

मसँग तपाईहरुसँग भएको डिग्री त छैन होला तर तपाईहरुँसग म सित भएको देशको फिक्री छैन …

Labels: Comedy, Entertainment, News

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved.प्रवासी खबर.com