• HOME
  • NEWS
  • INTERNATIONAL
  • ENTERTAINMENT
  • WORLD
  • HEALTH
  • SPORTS
  • VIDEOS
    • DOHORI
    • COMEDY
    • TAMANG
    • SHORT MOVIE
    • FILM
  • PRABASH
  • ENGLISH
Comedy, Entertainment, News » अस्ट्रेलिया भ्रमण जान अघि प्रचण्डलाई प्रधानमन्त्री बन्न देउवाको पुन: प्रस्ताव
अस्ट्रेलिया भ्रमण जान अघि प्रचण्डलाई प्रधानमन्त्री बन्न देउवाको पुन: प्रस्ताव

deuba-oli-prachanda
काठमाडौँ, ८ असार । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बन्न फेरि प्रस्ताव गरेका छन् ।

अष्ट्रेलिया भ्रमणमा जानुअघि आज विहान देउवासँग विदाई भेट गर्न बुढानिलकण्ठ पुगेका प्रचण्डलाई देउवाले आफ्नै निवासमा सहमतीय सरकारको प्रसंग निकाल्दै फेरि प्रधानमन्त्रीको अफर गरेका हुन् ।

तर, प्रचण्डले बहुमतीय सरकारको प्रधानमन्त्री नबन्ने बताए । प्रचण्डको निजी सचिवालयका अनुसार संविधान कार्यान्वयनका लागि सहमतीय सरकार गठनमा जोड दिँदै देउवाले प्रचण्डलाई प्रधानमन्त्री बन्न अनौपचारिक प्रस्ताव गरेका थिए ।

देउवाले प्रचण्डलाई प्रधानमन्त्री बन्न फेरि प्रस्ताव गरेको तर प्रचण्डले बहुमतीय सरकारको प्रधानमन्त्री बन्दिँन भनेको प्रचण्डका नजिकका माओवादीका एक नेताले बताए ।

उनले भने- ‘अध्यक्ष ज्यूले नेपाली कांग्रेस र मधेसवादीसमेत सहमत हुन्छन् भने ओलीकै नेतृत्वमा पनि सहमतिको सरकार बनाउन सकिन्छ भन्नुभयो । उहाँको जोड चाँहि जसको नाममा राष्ट्रिय सहमति हुन्छ उसैको नेतृत्वमा सरकार भन्ने थियो ।’

देउवालाई भेटेलगत्तै प्रधानमन्त्रीसँग भेटवार्ता

कांग्रेस सभापति देउवासँग विदाई भेट गरी प्रचण्ड सिधै बालुवाटार पुगे । उनी प्रधानमन्त्री केपी शर्मा ओलीसँग विदाई भेट गर्न आएका थिए तर, प्रधानमन्त्री ओलीले देशको वर्तमान परिस्थिती जटिल रहेकाले अहिले अष्ट्रेलिया नजान अनुरोध गरेपछि प्रचण्डले भ्रमण स्थगित गरे । बालुवाटार स्रोतका अनुसार प्रचण्डले प्रधानमन्त्री ओलीलाई देउवाले आफूलाई प्रधानमन्त्री बन्न गरेको प्रस्तावबारे पनि सुनाएका थिए ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालका अनुसार प्रधानमन्त्री ओली र प्रचण्डबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको थियो ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा संविधान कार्यान्वयनका विषयमा छलफल भएको दाहालले जानकारी दिए ।

Labels: Comedy, Entertainment, News

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved.प्रवासी खबर.com