• HOME
  • NEWS
  • INTERNATIONAL
  • ENTERTAINMENT
  • WORLD
  • HEALTH
  • SPORTS
  • VIDEOS
    • DOHORI
    • COMEDY
    • TAMANG
    • SHORT MOVIE
    • FILM
  • PRABASH
  • ENGLISH
Comedy, Entertainment, Health, News » डेराबस्ने महिला बलात्कार गर्ने घरबेटी पक्राउ
डेराबस्ने महिला बलात्कार गर्ने घरबेटी पक्राउ


डेराबस्ने महिला बलात्कार आरोपमा घरबेटी पक्राउ

राजविराजः घरमा डेरा गरी बस्ने महिलालाई बलात्कार गरी बेचबिखन लागि ओसारपसार गरेको आरोपमा प्रहरीले यशवन्त सिंहलाई प्रकाउ गरेको छ । 

प्रहरीले सप्तरीको कोइलाडी घर भई राजविराज ४ स्थित सप्तरी सेवा आश्रममा बस्ने ५० वर्षीय यशवन्त सिंहलाई सप्तरी प्रहरीले शनिबार पक्राउ गरेको हो ।

लुकिछिपी बसिरहेका आरोपितलाई जिल्ला प्रहरी कार्यालय सप्तरीबाट गएको टोलीले आश्रमस्थित निजको घरबाट शनिबार पक्राउ गरेको प्रहरी नायब उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिए । 

आरोपित सिंह सद्भावना पार्टीका संस्थापक अध्यक्ष गजेन्द्रनारायण सिंहका भतिजा एवं ०६५÷०६६ सालमा सरीता गिरी नेतृत्वको नेपाल सद्भावना पार्टीका महासचिव हुन् ।

दुई नाबालक छोरा र श्रीमानसहित पीडित आरोपित सिंहको घरमा डेरा गरी बसेकी थिइन् । पीडित र उनका श्रीमानबीचको मनमुटाव र आपसी विवादको फाइदा उठाएर आरोपितले भारत लगेर यौन शोषण गरेको आरोप छ । 

पीडितका अनुसार आरोपितले जिल्ला अदालतमा ०७१ फागुन ४ गते पतिविरुद्ध सम्बन्ध विच्छेद तथा प्रहरी, प्रशासनमा शान्ति सुरक्षाको माग गर्दै निवेदन दर्ता गराउन दुरुत्साहन गरेका थिए । 

सिंहको घरमा आइरहने फकिरा घर भई राजविराज ८ बस्ने ४८ वर्षीय श्रीराम यादवको जिम्मा लगाई सिंहले पीडितलाई पतिविरुद्ध मुद्दा दर्ता गराउन लगाएको र ०७१ फागुन ६ गतेसम्म राजविराजस्थित अदालत पछाडिको घरमा लुकाएर राखेको पीडितले बताइन् । 

श्रीरामले ०७१ फागुन ७ गते विहान सिरहाको माडरबाट जयनगर हुँदै भारतको दरभंगा पुर्याई सिंहको जिम्मा लगाएको पीडितको आरोप छ । श्रीरामलाई दरभंगाबाट राजविराज फर्काउँदै पीडितलाई पटना पुर्याएका सिंहले १० दिनसम्म ललाई फकाई राखेको र ०७१ फागुन १८ गते राति बलात्कार गरेको महिलाले आरोप लगाइन् । 

यौन शोषण गरेका आरोपितले वेश्यालयमा बिक्री गर्न खोजेको चाल पाएपछि ०७१ फागुन २२ गते राति सुतेको मौका पारी भागेर ०७१ फागुन २४ गते नेपाल आइपुगेको पीडितले बताइन् ।

जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयमा ०७१ फागुन २५ र २६ गते दिएको उजुरी दर्ता नभएपछि पीडितले ०७१ फागुन २८ गते परमादेशका लागि निवेदन दिएकी थिइन् । पुनरावेदन अदालत राजविराजले अविलम्व अनुन्धान, छानबिन गर्नु गराउनु भनी ०७२ जेठ ३१ गते परमादेश दिएको थियो । 

परमादेश भएको नौ महिनापछि जिल्ला प्रहरी कार्यालयले ०७२ फागुन २१ गते सिंह र यादवविरुद्ध मानवबेचविखन ओसारपसार तथा जबरजस्ती करणी मुद्दा दर्ता गरेको थियो । पक्राउ परेका सिंहले आरोप निराधार र झुठा भएको बताएका छन् ।

Labels: Comedy, Entertainment, Health, News

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved.प्रवासी खबर.com