एमालेका बरिस्ठ नेताहरुको दाँत मिलाउने नक्कली डा.बुद्धिमान पक्राउले पार्टीमा हंगामा
काठमाडौं। नक्कली डाक्टर भएको आशंकामा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले दुई दिनमा तीन दर्जन बढी डाक्टर पक्राउ गरेको छ। नक्कली शैक्षिक प्रमाणपत्रधारी डाक्टरविरुद्ध सिआइबीले ‘क्वाक’ नामको अपरेसन चलाई तराइका जिल्ला पछि काठमाडौंको ट्रमा सेन्टर, कान्तिपुर डेन्टल कलेज हुँदै नर्भिक हस्पिटलसम्मका नक्कली प्रमाणपत्रधारी डाक्टरलाई पक्राउ गरेको हो ।
सिआइबीले राजधानीलगायत देशका विभिन्न ठाउँबाट शुक्रबार र शनिबार ती डाक्टर पक्राउ गरेको छ। सिआइबीले पाटनबाट २, सुनसरी १, विराटनगर ३, झापा १, जनकपुर २, चितवन ३, पोखरा १ र दाङबाट एक जना डाक्टरलाई पक्राउ पक्राउ गरेको छ। ट्रमा सेन्टर, नर्भिक, कान्तिपुर डेन्टल कलेज, किस्ट मेडिकल कलेजमा नक्कली डाक्टर भेटिएका छन ।
ट्रमा सेन्टर नेपाल सरकार मातहतको हो भने नर्भिक,किस्ट मेडिकल कलेज, कान्तिपुर डेन्टल कलेज उच्च स्तरका अस्पतालमा पर्दछन् । नेकमा एमालेसँग राम्रो सम्बन्ध बनाएका कान्तिपुर डेन्टल कलेजका अध्यक्ष डा.बुद्धिमान श्रेष्ठ पक्राउ परेपछि एमालेमा हंगामा मच्चिएको छ ।
किनकी, श्रेष्ठ प्रधानमन्त्री केपी ओली,एमाले महासचिव इश्वर पोखरेल र एमाले नेता माधव नेपालसँग निकै नजिक मानिन्छन । श्रेष्ठको काउन्सिलमा दर्ता नम्बर ७६०१ हो । उनको बिडिएसकै प्रमाणपत्र नक्कली भएको खुलेको छ।सिअाइबीले मेडिकल काउन्सिलसँगको सहकार्यमा ‘क्वाक’ नामको चलाएको जनाएको छ ।

0 comments
Write Down Your Responses