• HOME
  • NEWS
  • INTERNATIONAL
  • ENTERTAINMENT
  • WORLD
  • HEALTH
  • SPORTS
  • VIDEOS
    • DOHORI
    • COMEDY
    • TAMANG
    • SHORT MOVIE
    • FILM
  • PRABASH
  • ENGLISH
Entertainment, Health, News » ६ महिलाको हत्या र ३२ जनालाई बलात्कार गर्ने बुढाथोकी २० बर्ष पछि पक्राउ
६ महिलाको हत्या र ३२ जनालाई बलात्कार गर्ने बुढाथोकी २० बर्ष पछि पक्राउ



प्रहरीले ६ जना महिलालाई बलात्कार गरी हत्या गरेर फरार भएका ‘सिरियल किलर’ बाराको डुमरवानाका ५० वर्षीय प्रेम भनिने मानबहादुर बुढाथोकीलाई २० वर्षपछि पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बुढाथोकीलाई भारतीय प्रहरीको सहयोगमा पक्राउ गरेको हो ।

बुढाथोकी लामो समयदेखि कान्छी पत्नीसँग भारतको नयाँदिल्लीस्थित नोयडामा बस्दै आएका थिए । केन्द्रीय अनुसन्धान व्युरोका डीआईजी नवराज सिलवालले बुढाथोकीबारे थप अनुसन्धान भइरहेको जाकारी दिएका छन् ।

बुढाथोकी ३२ वटा जवरजस्ती करणीका घटनामा संलग्न रहेको प्रहरीको अनुसन्धानले देखाएको छ ।  बुढाथोकीले ६ महिलाको हत्या र ३२ वटा करणीका घटनामा आफनो संलग्नता रहेको स्वीकारेका छन् ।

२०५३ असार ९ गते महोत्तरी बर्दीबासकी शारीरिकरुपमा असक्त एक महिलालाई स्थानीय सागरनाथ वन बिकास परियोनाको जंगलमा बुढाथोकीले बलात्कार गरी पछयौराले बाँधेर हत्या गरेका थिए ।

त्यसअघि २०५२ फागुन २४ गते धनुषाको बेगाडावरमा माइतबाट फर्कँदै गर्दा स्थानीय एक महिलालाई बलात्कारपछि पश्चात हत्या गरेको प्रहरी अनुसन्धानले देखाएको छ ।

२०५२/०५३ मा महोत्तरी र धनुषा जिल्लाका विभिन्न स्थानमा जवरजस्ती करणी पछि ६ महिलाको बुढाथोकीले  हत्या गरेका थिए ।

उनले गाई, वाख्रा चराउन गएका, माइतबाट फर्कँदै गरेका, एक्लै यात्रारत र शारीरिकरुपमा अशक्त महिलालाई शिकार बनाउने गरेको गरेका थिए ।

Labels: Entertainment, Health, News

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved.प्रवासी खबर.com