• HOME
  • NEWS
  • INTERNATIONAL
  • ENTERTAINMENT
  • WORLD
  • HEALTH
  • SPORTS
  • VIDEOS
    • DOHORI
    • COMEDY
    • TAMANG
    • SHORT MOVIE
    • FILM
  • PRABASH
  • ENGLISH
Comedy, Entertainment, Health » तपाईको आजको राशिफल : वि.सं. २०७३ साल असार ११ गते। शनिबार। इश्वी सन् २०१६ जुन २५ तारिख
तपाईको आजको राशिफल : वि.सं. २०७३ साल असार ११ गते। शनिबार। इश्वी सन् २०१६ जुन २५ तारिख


वि.सं. २०७३ साल असार ११ गते। शनिबार। इश्वी सन् २०१६ जुन २५ तारिख। नेपाल संवत् ११३६ तछलागा। आषाढ कृष्णपक्ष। तिथि– पञ्चमी, १४:२७ बजेउप्रान्त षष्ठी।उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
सामान्य आम्दानी भइरहे पनि भैपरी आउने खर्चले रकम जोगाउन मुस्किल पर्नेछ। सरसापटमा गएको धन फिर्ता उठाउन नसकिने परिस्थिति देखिन्छ। श्रमको प्रतिफल हातपार्न पनि केही समय लाग्नेछ। बलजफ्तीले काम बिग्रन सक्छ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला। धैर्य एवं मेहनतले प्रतिफल दिलाउनेछ। योजना गोप्य राखेर अघि बढ्नुहोला।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
कामको सन्धर्भमा केही वादविवाद हुन सक्छ। तत्काल लाभ नहुने कामको जिम्मेवारी वहन गर्नुपर्ला। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। आफन्तसँगै प्रतिस्पर्धा हुन सक्छ। नोकरी र राजनीतिमा पनि समय चुनौतीपूर्ण नै देखिन्छ। अवसर आए पनि नयाँ काममा हात हाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
आस मारेको काम बन्नाले उत्साह जाग्नेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ। तर केही बाध्यतापूर्ण काममा समय बित्नेछ। सहयोगको आशा देखाउनेहरूले झुक्याउलान्, सचेत रहनुहोला। काम पूरा नभए पनि आंशिक फाइदा हुनेछ। सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
बाध्यतामा अलमलिनुपर्दा मन खिन्न रहनेछ। काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति रहनेछ। नयाँ काममा हात हाल्न केही समय पर्खनुहोला। गरी आएको कामलाई भने निरन्तरता दिन सकिनेछ। आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। अरूका काममा समय खर्चनुपर्ला। स्वास्थ्यमा पनि अलि कमजोरी अनुभूति हुनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
प्रयत्न गर्दा प्रशस्त फाइदा हुने दिन छ। विशेष अवसरले उत्साह जगाउनेछ। प्रेम र मित्रताको बन्धन कसिनाले मन प्रसन्न रहनेछ। व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुन सक्छ। मनपर्ने भौतिक साधन जोड्ने समय छ। सुन्दर पहिरनमा ठाँटिएर व्यक्तित्व निखार्न सकिनेछ। अतिथिको रूपमा सत्कार समेत पाइने सम्भावना छ। मनग्य धनलाभ हुनेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
गल्तीबिनै अपजस आइलाग्न सक्छ। सरकारी कडिकडाउको सिकार भइनेछ। आफ्ना विषयवस्तुमा अरूले अधिकार जमाउन सक्छन्। थिचोमिचो गर्नेहरूले पनि सताउनेछन्। चोरी वा ठगीमा परिने समय छ। अनावश्यक दौडधुपमा समय बित्नेछ। फाइदाका लागि योजनाहरू गोप्य राख्न आवश्यक देखिन्छ। आर्थिक कारोबार गर्दा निकै नै सजगता अपनाउनुहोला।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ। प्रयत्न गरेका काम बिस्तारै भए पनि सम्पादन हुनेछन्। सेवामूलक कामबाट धनलाभ हुनेछ। स्वास्थ्य सबल रहनेछ। पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्नेछ। अध्ययनमा प्रगति हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ। सन्तान वा अनुयायीले साथ दिनेछन्।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
पहिले टाढिएका आफन्तहरू नजिकिनेछन्। घरमा बसेरै विभिन्न काम सम्पादन गर्न सकिनेछ। आत्मीयजनसँग भेटघाट होला। सरसफाइ, वागबगैंचा र जलसम्बन्धी काममा आकर्षित भइनेछ। कृषि तथा पशु व्यवसायबाट पनि लाभ हुने समय छ। प्राकृतिक पर्यावरण वा एकान्तमा मन रमाउनेछ। चिन्तन–मनन तथा रचनात्मक काममा रुचि बढ्नेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
परिस्थितिअनुसार चल्न नसक्ता दुःख पाइनेछ। सहयोगीहरूले हात झिक्नाले पनि ढिलाइ हुन सक्छ। आर्जित धन पनि खर्च हुन सक्छ। पुरानो समस्याले केही झमेला आइलाग्न सक्छ। दाम्पत्यमा केही असमझदारी बढ्न सक्छ। कृषि तथा पशुपालनमा खर्च बढ्नेछ। काममा चुनौती देखिएलान्। कृषिमा कामको चाप बढ्न सक्छ। काममा आंशिक लाभ मिल्नेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
बोलीको गलत अर्थ लाग्नाले वादविवादमा परिने सम्भावना छ। विचार सम्प्रेषण गर्न केही समय पर्खनु बुद्धिमानी हुनेछ। ईर्ष्या गर्नेहरूले सताउन सक्छन्। तापनि, मेहनत गर्दा स्थितिमा सुधार आउन सक्छ। सहयोगीहरूको साथ मिल्नाले बिस्तारै फाइदा उठ्नेछ। विगतमा सम्पादित कामबाट धन लाभ हुनेछ। अध्ययनमा पनि सामान्य प्रगति हुनेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
भेटघाटमा अलमलिनाले काममा बाधा पुग्नेछ। विभिन्न अवसर आए पनि समयमा निर्णय लिन नसक्दा पछि परिनेछ। मौकाको फाइदा उठाउन नसकिएला। शुभचिन्तकहरूले आफ्ना कमजोरीप्रति गुनासो गर्न सक्छन्। स्वास्थ्यका लागि खानपानमा सचेत रहनुहोला। आश्वासन बाँड्नेहरूको भर नपर्नुहोला। रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्न सक्छ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
व्यवसायमा लगानी बढाउनुपर्ने परिस्थिति आउन सक्छ। समय र नियमलाई बेवास्ता गर्दा चुनौती आइलाग्नेछन्। खर्च बढ्नुका साथै अभावले सताउन सक्छ। मेहनत गर्दा बिस्तारै स्थितिमा परिवर्तन ल्याउन सकिनेछ। नयाँ काम पाइनेछ र सामान्य लाभ भइरहनेछ। अध्ययनमा त्यति समय दिन नसकिएला। स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला।

श्रोत: नेपाली पात्रो बाट साभार

Labels: Comedy, Entertainment, Health

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved.प्रवासी खबर.com