• HOME
  • NEWS
  • INTERNATIONAL
  • ENTERTAINMENT
  • WORLD
  • HEALTH
  • SPORTS
  • VIDEOS
    • DOHORI
    • COMEDY
    • TAMANG
    • SHORT MOVIE
    • FILM
  • PRABASH
  • ENGLISH
Comedy, Entertainment, News » भूकम्पले आज नेपालमा रेकर्ड तोड्यो, बुधबार एकैदिन १३ पटक धक्का महसुस
भूकम्पले आज नेपालमा रेकर्ड तोड्यो, बुधबार एकैदिन १३ पटक धक्का महसुस


बैतडी, १५ असार । सुदूरपश्चिमको पहाडी जिल्ला बझाङमा आज लगातार भूकम्प गएका छन् । आज दिउँसो २ बजेर ५५ मिनेटमा पहिलो भूकम्प गएको र ५ बजेर ५१ मिनेटमा १३ औं भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्र काठमाडौँले जनाएको छ ।

भूकम्प मापन केन्द्र सुुर्खेतका अनुसार २ बजेर ५५ मिनेटमा ५ रेक्टर स्केलको, ३ बजेर ११ मिनेटमा ४ दशमलव २ रेक्टर स्केलको, ३ बजेर २८ मिनेटमा ३ दशमलव ८ रेक्टर स्केलको र ३ बजेर २९ मिनेटमा ३ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएका हुन् । तेह्रवटै भूकम्पको केन्द्रविन्दु बझाङको सदरमुकाम चैनपुरबाट ११ किलोमिटर उत्तरपूर्वको मयानामा परेको छ ।

भूकम्पपछि स्थानीय जनता घरबाहिर र खुला ठाउँमा जम्मा भएका छन् । रासस

Labels: Comedy, Entertainment, News

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved.प्रवासी खबर.com